Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

काठमाडौँ उपत्यकासहित १२ जिल्लामा बाढीको सम्भावना

उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध

तस्विरः मनाेज भट्टराई
खबरडबली संवाददाता

काठमाडौं । आज काठमाडौँसहित देशका २४ जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।

महाशाखाले भनेको छ ‘आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाईराखौँ’।

यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खोला नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

बाढी महाशाखाले भनेको छ ‘साथै उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिराहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ’।

महाशाखाका अनुसार आगामी ३ दिन कर्णाली, महाकाली र यसका सहायक नदी साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक छ।

यसैगरी कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बल्खुका व्यापारीकाअनुसार यस वर्ष मुस्ताङ लगायतका हिमाली क्षेत्रबाट करिब ५ च्या‌ङ्ग्रा ल्याउने तयारी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

सुनसरी । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सय...

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

काठामाडाैंं। पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् । श...

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान सुरु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान कार्य सुरु गरिएको छ । प्याकेज १ अन्तर्गत बाँध खन्ने...

जथाभावी ओभरटेकले पृथ्वी राजमार्गमा घण्टौँ जाम

धादिङ । पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ ।  गत शुक्रबार र श...

जथाभावी ओभरटेकले पृथ्वी राजमार्गमा घण्टौँ जाम

धादिङ । पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ ।  गत शुक्रबार र श...

सम्पत्ति शुद्धीकरणमा संलग्न बैंकर्सलाई राष्ट्र बैंकले कारबाही गर्ने

संस्थागत खाता सञ्चालन खुकुलो

झ्याप्ले खोला पहिरोमा पुरिएका ३ वटा गाडीका ३५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडाैं । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा ...

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८ मा

 काठमाडौं । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ ।  सङ्घले प्रेस विज्ञप्ती जारी गर्दै वार्षि...

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्युफाइल तस्बिर

झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने ...

काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ७० जनाको मृत्यु

बनेपा । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy