बनेपा । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको कार्यालयबाट प्राप्त विवरणमा देखिन्छ । धेरै प्रभावित काभ्रेको पनौती नगरपालिकामा ८ जना महिला, ८ जना पुरुष, १ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
प्रहरी उपरीक्षक खड्काका अनुसार बेथानचोक गाउँपालिकामा ३ जना महिला र ८ जना पुरुष र १ जना बालक गरी १२ जना, तेमाल गाउँपालिकामा ७ जना महिला, २ जना पुरुष र १ जना बालक गरी १० जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक , १ जना बालिका गरी ७ जना , रोशी गाउँपालिकामा ५ जना महिला, १ जना बालक, १ जना बालिका गरी ७ जना, नमोबुद्ध नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, धुलिखेल नगरपालिकामा १ जना पुरुष, १ जना बालक गरी २ जना, बनेपा नगरपालिकामा १ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ३ जना, भुम्लु गाउँपालिकामा १ जना महिला, १ जना पुरुष र १ जना बालिका गरी ३ जना, चौरी देउराली गाउँपालिकामा १ जना महिलाको मृत्यु भएको उनले जानकारी दिइन् । उनका अनुसार, हालसम्म महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढी र पहिरोमा परी काभ्रेमा ७५ जना घाइते र ६ जना बेपत्ता भएको प्रहरीले जनाकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८२ - १४:१७
काठमाडौं । हाडनाता करणीमा २५ वर्षको जेल सजाय पाएका भरत लामिछाने, जसलाई कालीबाबा भनेर चिनिन्छ, पक्राउ परेका छन्। उनी जेनजी आन्दोलनको क्रममा नख्खु काराग...
कार्तिक २६ गते, २०८२ - १४:१५
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै जनमत पार्टीले वीरगन्जमा भर्चस्वपूर्ण प्रदर्शन गरेको छ। पार...
कार्तिक २६ गते, २०८२ - १४:१४
काठमाडौँ । बागमती प्रदेशमा विद्यालयको संख्या घट्दा पनि विद्यार्थी संख्या बढिरहेको छ। प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार शैक्षिक सत्र २०८० मा ६,८...
कार्तिक २६ गते, २०८२ - १४:११
काठमाडौँ । बाँके र नवलपरासीमा बलात्कारकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिका बलात्कारकाे आराेपमा बाँकेको बैजनाथ गाउँपालिका–२, पहाडीपु...
कार्तिक २६ गते, २०८२ - १४:०६
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो उत्पादन र सांस्कृतिक पहिचान झल्काउने रैथाने बालीहरू संरक्षण गर्ने काम तीव्र पारेको छ। चिनो, कागुनो, उवा, लट्टे,...
कार्तिक २६ गते, २०८२ - १३:५५
काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडले बहुप्रतीक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। हाल यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रम...
कार्तिक २६ गते, २०८२ - १२:३३
काठमाडौँ । नेपाली कांग्रेसमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संकलित हस्ताक्षरलाई लिएर विवाद चर्किएको छ। निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्व...
कार्तिक २६ गते, २०८२ - १२:३१
पोखरा । जेन–जी आन्दोलनको बेला पोखरामा सामाजिक अस्थिरता फैलाउने कार्यमा संलग्न रास्वपा कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरी प्...
कार्तिक २६ गते, २०८२ - १२:२६
काठमाडौँ । मधेश प्रदेशमा सोमबार राति नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहणपछि राजनीतिक तनाव बढेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धा...
कार्तिक २६ गते, २०८२ - ११:००
काठमाडौँ । मधेश प्रदेशमा राजनीतिक उथलपुथल जारी छ। सोमबार राति अचानक होटलमा मुख्यमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्ड...




प्रतिकृया लेख्नुहोस्: