बनेपा । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको कार्यालयबाट प्राप्त विवरणमा देखिन्छ । धेरै प्रभावित काभ्रेको पनौती नगरपालिकामा ८ जना महिला, ८ जना पुरुष, १ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
प्रहरी उपरीक्षक खड्काका अनुसार बेथानचोक गाउँपालिकामा ३ जना महिला र ८ जना पुरुष र १ जना बालक गरी १२ जना, तेमाल गाउँपालिकामा ७ जना महिला, २ जना पुरुष र १ जना बालक गरी १० जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक , १ जना बालिका गरी ७ जना , रोशी गाउँपालिकामा ५ जना महिला, १ जना बालक, १ जना बालिका गरी ७ जना, नमोबुद्ध नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, धुलिखेल नगरपालिकामा १ जना पुरुष, १ जना बालक गरी २ जना, बनेपा नगरपालिकामा १ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ३ जना, भुम्लु गाउँपालिकामा १ जना महिला, १ जना पुरुष र १ जना बालिका गरी ३ जना, चौरी देउराली गाउँपालिकामा १ जना महिलाको मृत्यु भएको उनले जानकारी दिइन् । उनका अनुसार, हालसम्म महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढी र पहिरोमा परी काभ्रेमा ७५ जना घाइते र ६ जना बेपत्ता भएको प्रहरीले जनाकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...
बैशाख २६ गते, २०८३ - १८:३६
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...
बैशाख २६ गते, २०८३ - १८:३३
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...
बैशाख २६ गते, २०८३ - १८:३०
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...


प्रतिकृया लेख्नुहोस्: