Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

नेपालगन्ज विमानस्थल र जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ

खबरडबली संवाददाता

नेपालगन्ज । दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन भारतबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू फर्किरहेको तथा हवाई यातायातमा समेत सबैभन्दा बढी चाप भएकोले विमानस्थल र सीमा नाकामा विशेष निगरानी बढाएर सुरक्षा चेकजाँच सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले नजिकिँदै गरेको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल भारत नाका र नेपालगन्ज विमानस्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर विशेष चेकजाँच सुरु गरिएको बताउनुभयो । 

उहाँले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाह, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले नेपाल प्रहरीको विस्फोटक पदार्थ र लागू औषध सम्बन्धी तालिम प्राप्त कुकुरहरूद्वारा नेपाल भारत आवत जावत गर्ने मुख्य नाका जमुनाहमा चेकजाँच गराउन थालिएको बताउनुभयो । सो चेकजाँचको क्रममा तालिम प्राप्त कुकुरको सहायताले लागू औषध ब्राउन सुगर सहित एक जना मानिसलाई फेला पारी नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो । 

अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नेपालीहरू चाडपर्वका लागि स्वदेश फर्किरहेकोले भिडभाडको फाइदा उठाएर विभिन्न गैर कानुनी सामान भित्रिन सक्ने आशङ्काका कारण सुरक्षा चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोही प्रकारले अहिले नेपालगन्ज विमानस्थलमा हवाई उडानहरू धेरै वृद्धि भएको र आवागमन गर्ने यात्रुहरूको सङ्ख्या अत्यधिक बढेकोले सुरक्षा चुनौती समेत बढेको जनाउँदै विमानस्थलको सुरक्षा पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताउनुभयो । 

उहाँले विमानस्थलमा पनि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा चेकजाँच गरिरहेको बताउनुभयो । सोही प्रकारले नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सुरक्षा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

भारतबाट आउने नेपालीहरू नाकाबाटै रिक्सा, ट्याम्पो चालक र नेपालगन्ज तथा कोहलपुर पुगेपछि होटेल व्यवसायीबाट ठगिने भएकोले सो रोक्न पनि विशेष योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्सका मिडफिल्डर पोग्वाको प्रतिबन्ध घट्यो, मार्चदेखि फुटबलमा फर्किन सक्ने

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अप...

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन म...

इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भा...

डेंगुबाट गोरखामा एक जना महिलाको मृत्यु

सुलीकोट। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्...

महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् । लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका ...

भुटानले पुर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो: कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई  गौरवान्वित तुल्याएको बता...

मिङ्मा जी शेर्पाको किर्तिमान: बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण

काठमाडौँ । नेपालका प्रख्यात पर्वतारोही मिङ्मा जी शेर्पाले बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण गरेर इतिहास रचेका छन् । मिङ...

बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ। अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयक...

महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेक...

तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०७ बजेर २६ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । यो समय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy