नेपालगन्ज । दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन भारतबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू फर्किरहेको तथा हवाई यातायातमा समेत सबैभन्दा बढी चाप भएकोले विमानस्थल र सीमा नाकामा विशेष निगरानी बढाएर सुरक्षा चेकजाँच सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले नजिकिँदै गरेको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल भारत नाका र नेपालगन्ज विमानस्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर विशेष चेकजाँच सुरु गरिएको बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाह, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले नेपाल प्रहरीको विस्फोटक पदार्थ र लागू औषध सम्बन्धी तालिम प्राप्त कुकुरहरूद्वारा नेपाल भारत आवत जावत गर्ने मुख्य नाका जमुनाहमा चेकजाँच गराउन थालिएको बताउनुभयो । सो चेकजाँचको क्रममा तालिम प्राप्त कुकुरको सहायताले लागू औषध ब्राउन सुगर सहित एक जना मानिसलाई फेला पारी नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो ।
अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नेपालीहरू चाडपर्वका लागि स्वदेश फर्किरहेकोले भिडभाडको फाइदा उठाएर विभिन्न गैर कानुनी सामान भित्रिन सक्ने आशङ्काका कारण सुरक्षा चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोही प्रकारले अहिले नेपालगन्ज विमानस्थलमा हवाई उडानहरू धेरै वृद्धि भएको र आवागमन गर्ने यात्रुहरूको सङ्ख्या अत्यधिक बढेकोले सुरक्षा चुनौती समेत बढेको जनाउँदै विमानस्थलको सुरक्षा पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताउनुभयो ।
उहाँले विमानस्थलमा पनि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा चेकजाँच गरिरहेको बताउनुभयो । सोही प्रकारले नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सुरक्षा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट आउने नेपालीहरू नाकाबाटै रिक्सा, ट्याम्पो चालक र नेपालगन्ज तथा कोहलपुर पुगेपछि होटेल व्यवसायीबाट ठगिने भएकोले सो रोक्न पनि विशेष योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: