Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

खबरडबली संवाददाता

गोरखा। जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।  सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिए ।

“झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पुर्याएको छ”, उनले भने, “खम्बामा टाँगिएका सबै तार  त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए । “पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ”, उनले भने, “तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढ...

अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेको छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज...

विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएको छन्। बिहीबार राष्ट्रिय ट्रमा सेन...

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकमा मात्रै २० देखि ३० अर्ब बराबरकाे क्षति

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।  ...

एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा क...

कृष्णभीरमा सडक भासियो, एकतर्फीमात्रै यातायात सञ्चालन

धादिङ। धादिङको पृथ्वी राजमार्गअन्र्तगत कृष्णभीरमा सडक भासिएको छ । बेनिघाट रोराङ गाउँपालिकामा लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि याताय...

दशैं अगाडि वीपी राजमार्ग नखुल्ने भौतिक मन्त्रालयको निष्कर्ष

काठमाडौं । भौतिक तथा पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने  निष्कर्ष निकालेको छ । बुधबार मन्त्रालय र सडक विभागको टोलीले नेपा...

पाँचथरमा बाढी र पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

फिदिम। पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृ...

घटेन गण्डकीमा डेंगु सङ्क्रमण, हालसम्म एघार हजार पाँच सय ९० जनामा पुष्टि

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...

ओखलढुङ्गामा बाढीले पुल बगाउँदा पढाइ ठप्प

ओखलढुङ्गा। गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१ बलखु र सिन्धुलीको फिक्कल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy