सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२, का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रुपमा कमजोर परिवारको सुख किन्ने वसन्तको सपना पहिरोमा पुरिएर सदाका लागि बिलायो ।
घरको जेठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । 'परिवारको दुःख हटाउनु भनेर सधैँ मलाई सम्झाउथ्यो', बुवा भरत साहले भक्कानिँदै भने, 'धेरै पढेर ठूलो मान्छे बन्ने, दुई दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो ।'
छोराको शोक बारेर बसेका भरतले भने, 'परिवारको बिचल्ली बनाएर गयो, घरको एउटा ठूलो खम्बा ढल्यो बाबु, अब कसले यो घरको काँध थाम्छ ?' भरतले सामान्य किराना पसल चलाउँछन्। परिवारको लालनपालन तथा छोराछोरीको शिक्षा दिक्षाको एकमात्र आधार यही किरान पसल हो ।
थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्ने उनले बताए । 'छोराले राम्रो पढ्दै गएकाले अब दुखको दिन गयो भन्ने लागेको थियो', भरतले भने, 'यो के बज्रपात पर्र्यो ।' घटना भएको दिनदेखि घर मात्र होइन गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । वसन्तकी आमाको राम्रोसँग होस आएको छैन ।
वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । उनले कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरेका हुन् । गत शैक्षिक सत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११ र १२ पढ्न उनी काठमाडौँ गएका थिए । दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौँको नयाँ बानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए ।
क्याम्पसले उनलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र उनी चितवन पुगेका थिए । शुक्रबार बिहान विद्यालय पुगेर कागजात संकलन गरेपछि साँझ माइक्रो बसमार्फत उनी काठमाडौँ फर्कदै थिए । राति १:२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सम्पर्कमा आएनन् ।
'फोनमा भाइलाई कहाँ आइपुग्यो भनेर सोधेको थिएँ', दिदी विभाले भनिन्, 'दिदी म आउँदै छु, रातको समय जंगलको बिचमा जाममा परेको छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु भनेको थियो, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो, किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे, तर फोन लाग्दै लागेन ।'
बाढीपहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्र्योकी भन्ने आसमा खोजी सुरु गरेको दिदी विभाले बताइन्। 'आमाबुबालाई पनि सबै कुरा खबर गरिदिए, दिउँसोबाट झ्याप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ, सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले, तर हामी जान सक्ने अवस्था थिएन,' उनले भनिन् ।
चितवनदेखि नै पहिरो खसेको ठाउँमा बुवा र भिनाजुले सोधीखोजी गर्दै जाँदा झ्याप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिएको विभाले बताइन् ।
'सोमबार बिहान शव पहिचान गर्न दिए, त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगे कुनै होस छैन, सबै प्रक्रिया पूरा गर्दा साँझ ३ बजे काठमाडौँबाट हिँडेका थियौँ र भोलिपल्ट मङ्गलबार बिहान घर आइपुगेका थियौँ', बुवा भरतले भने, 'छोराको शोकमा बसेको छु, मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो, बाबा इञ्जिनीयर बनेर सरकारी सेवा गर्छु भन्थ्यो, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: