Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

खुर्कोट पुल बगेपछि बाटो ६ घण्टा लम्बियो

खबरडबली संवाददाता

रामेछाप। बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुई वटा मोटरेवल पुलमा क्षति गरेपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडिचौर–काठमाडौँ सडक खुलाइएको छ । यो सडक खुले पनि ६ घण्टा बाटो लम्बिएको छ ।

दोलखाको किर्नेस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगै दसैँमा घर जान र आउन नसक्ने अवस्थामा पुगेका रामेछापवासीका लागि राहत भएको छ । यो सडक खुलेसँगै रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ आवात–जावतमा सहज भएको हो । 

घर जाने आउने मुख्य बाटोको पुल बाढीले बगाएपछि यो वर्षको दसैँमा घर आउन नपाउने हो कि भन्ने चिन्तामा रहेका रामेछापका नागरिकलाई मन्थली–चरिकोट–काठमाडौँ सडक खुलेपछि राहत मिलेको काठमाडौँबाट घर आएका सुनापति गाउँपालिका –४ का पेम्बा तामाङले बताए। 

उनले भने, “बाटो धेरै लामो भए पनि दसैँमा घर आउन पाइयो । यसमै खुसी लागेको छ । दोलखाको किर्ने बाहेक अन्य ठाउँमा बाटो राम्रो छ । यात्रा सहज नै भयो ।” पुष्पलाल मार्गअन्तर्गत दोलखाको किर्नेटारमा तामाकोशीमा आएको बाढीले ४ सय मिटर सडक बगाएपछि अवरुद्ध सडकलाई बाइपास सडक बनाएर खुलाइएको हो । 

किर्नेटारमा रहेको खिम्ती जलविद्युत केन्द्रको आवास क्षेत्रबाट वैकल्पिक रूपमा सडक खुलाइएको छ । बिपी राजमार्गमार्फत साढे ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासीलाई रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ पुग्न ६ घण्टाभन्दा बढी समय लाग्ने भएको छ । 

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–धुलिखेल–काठमाडौँ सडकमार्फत साढे ४ घण्टामा काठमाडौँ पुगिने भए पनि अहिलेको मन्थली–चरिकोट–सिन्धुपाल्चोक सडकमार्फत काठमाडौँ पुग्न ११ घण्टा समय लाग्ने चालक अञ्जित लामाले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending