Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

खुर्कोट पुल बगेपछि बाटो ६ घण्टा लम्बियो

खबरडबली संवाददाता

रामेछाप। बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुई वटा मोटरेवल पुलमा क्षति गरेपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडिचौर–काठमाडौँ सडक खुलाइएको छ । यो सडक खुले पनि ६ घण्टा बाटो लम्बिएको छ ।

दोलखाको किर्नेस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगै दसैँमा घर जान र आउन नसक्ने अवस्थामा पुगेका रामेछापवासीका लागि राहत भएको छ । यो सडक खुलेसँगै रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ आवात–जावतमा सहज भएको हो । 

घर जाने आउने मुख्य बाटोको पुल बाढीले बगाएपछि यो वर्षको दसैँमा घर आउन नपाउने हो कि भन्ने चिन्तामा रहेका रामेछापका नागरिकलाई मन्थली–चरिकोट–काठमाडौँ सडक खुलेपछि राहत मिलेको काठमाडौँबाट घर आएका सुनापति गाउँपालिका –४ का पेम्बा तामाङले बताए। 

उनले भने, “बाटो धेरै लामो भए पनि दसैँमा घर आउन पाइयो । यसमै खुसी लागेको छ । दोलखाको किर्ने बाहेक अन्य ठाउँमा बाटो राम्रो छ । यात्रा सहज नै भयो ।” पुष्पलाल मार्गअन्तर्गत दोलखाको किर्नेटारमा तामाकोशीमा आएको बाढीले ४ सय मिटर सडक बगाएपछि अवरुद्ध सडकलाई बाइपास सडक बनाएर खुलाइएको हो । 

किर्नेटारमा रहेको खिम्ती जलविद्युत केन्द्रको आवास क्षेत्रबाट वैकल्पिक रूपमा सडक खुलाइएको छ । बिपी राजमार्गमार्फत साढे ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासीलाई रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ पुग्न ६ घण्टाभन्दा बढी समय लाग्ने भएको छ । 

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–धुलिखेल–काठमाडौँ सडकमार्फत साढे ४ घण्टामा काठमाडौँ पुगिने भए पनि अहिलेको मन्थली–चरिकोट–सिन्धुपाल्चोक सडकमार्फत काठमाडौँ पुग्न ११ घण्टा समय लाग्ने चालक अञ्जित लामाले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending