काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शनिबारसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताए । उनले भने, 'हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ । हालसम्म त्यस्तो खबर आएको छैन ।'
अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले विपद्पश्चात् एकैपटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताए ।
'विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आउनुभएको छैन यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौं,' उनले भने, 'विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ । खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ ।'
साथै लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा. चालिसेको जोड छ ।
हाल स्वास्थ्य मन्त्रालयले विपद् प्रभावित, घाइतेहरू र जनघनत्व बढी भएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ । धेरै ठाउँमा स्वास्थ्य संस्थाहरू आंशिक तथा पूर्ण रूपमा क्षति भएकाले टेन्ट राखेर भए पनि उपचार दिइरहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
उनले भने, 'मन्त्रालयले पालिका तथा प्रादेशिक तहसँग मिलेर विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छौँ । जनघनत्व तथा बढी विपद् प्रभावित क्षेत्र काभ्रे, सिन्धुली, पनौतीमा शिविर सञ्चालन भइरहेका छन् ।'
बुढाथोकीले महामारीजन्य रोगहरू सम्भाव्य जोखिम आकलन गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यी रोगबारे जानकारी दिएर सोहीअनुसार सावधानी अपनाएर उपचार र जनचेतना फैलाउन भनिएको बताए ।
विपद् प्रभावित क्षेत्रबाट करिब छ सय जनाले बहिरङ्ग उपचार सेवा लिएको जानकारी दिँदै प्रवक्ता बुढाथोकीले भने, 'उपचार गराउनुपर्ने घाइतेहरू अझै बढ्ने देखिन्छ । धेरैलाई निःशुल्क उपचार भइरहेको जानकारी नहुन पनि सक्छ, त्यसैले पनि हाल धेरैजना स्वास्थ्य संस्थासम्म आउन सकेका छैनन् । स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । उपचारबारे थाहा हुनेले चिनेजानेकालाई जानकारी गराउन सक्नुहुन्छ ।'
मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ । आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: