Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

विपद्पश्चात् संक्रमणजन्य रोग फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शनिबारसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताए । उनले भने, 'हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ । हालसम्म त्यस्तो खबर आएको छैन ।'

अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले विपद्पश्चात् एकैपटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताए । 

'विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आउनुभएको छैन यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौं,' उनले भने, 'विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ । खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ ।'

साथै लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा. चालिसेको जोड छ ।

हाल स्वास्थ्य मन्त्रालयले विपद् प्रभावित, घाइतेहरू र जनघनत्व बढी भएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ । धेरै ठाउँमा स्वास्थ्य संस्थाहरू आंशिक तथा पूर्ण रूपमा क्षति भएकाले टेन्ट राखेर भए पनि उपचार दिइरहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

उनले भने, 'मन्त्रालयले पालिका तथा प्रादेशिक तहसँग मिलेर विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छौँ । जनघनत्व तथा बढी विपद् प्रभावित क्षेत्र काभ्रे, सिन्धुली, पनौतीमा शिविर सञ्चालन भइरहेका छन् ।'

बुढाथोकीले महामारीजन्य रोगहरू सम्भाव्य जोखिम आकलन गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यी रोगबारे जानकारी दिएर सोहीअनुसार सावधानी अपनाएर उपचार र जनचेतना फैलाउन भनिएको बताए । 

विपद् प्रभावित क्षेत्रबाट करिब छ सय जनाले बहिरङ्ग उपचार सेवा लिएको जानकारी दिँदै प्रवक्ता बुढाथोकीले भने, 'उपचार गराउनुपर्ने घाइतेहरू अझै बढ्ने देखिन्छ । धेरैलाई निःशुल्क उपचार भइरहेको जानकारी नहुन पनि सक्छ, त्यसैले पनि हाल धेरैजना स्वास्थ्य संस्थासम्म आउन सकेका छैनन् । स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । उपचारबारे थाहा हुनेले चिनेजानेकालाई जानकारी गराउन सक्नुहुन्छ ।'

मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ । आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्नेछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending