Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

बंगलादेशमा संविधान सुधार आयोग गठन

खबरडबली संवाददाता

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ ।

बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको छ । यो संविधान संशोधन आयोगले ९० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार जनतालाई सशक्तिकरण गर्दै प्रतिनिधिमूलक र प्रभावकारी लोकतन्त्र स्थापना गर्न विद्यमान संविधानको समीक्षा र मूल्याङ्कन आवश्यक छ। यसका लागि आयोग गठन गरिएको बताइएको छ । अब संवैधानिक सुधारका लागि सबैको राय बुझेर प्रतिवेदन तयार गर्नेछ ।

नौ सदस्यीय आयोगमा विद्यार्थी प्रतिनिधि महफुज आलम पनि परेका छन् । उनी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक पनि हुन्। आयोगका अन्य सदस्यहरूमा ढाका विश्वविद्यालय कानून विभागका प्राध्यापक सुमैया खैर र मुहम्मद इक्रामुल हक, ब्यारिस्टर इमरान सिद्दीकी र सर्वोच्च अदालतका वकिल अधिवक्ता डा शरीफ भुइया समावेश छन् । उनीहरुबाहेक ब्यारिस्टर एम मोइन आलम फिरोजी, लेखक फिरोज अहमद र लेखक तथा मानवअधिकारकर्मी एमडी मुस्तेन बिल्लाह पनि आयोगमा छन् ।

यसअघि प्रमुख सल्लाहकार युनुसले न्यायपालिका, निर्वाचन प्रणाली, प्रशासन, प्रहरी, भ्रष्टाचार नियन्त्रण आयोग र संविधान सुधारका लागि ६ वटा आयोग गठनको घोषणा गरेका थिए । सो अवसरमा युनुसले यी आयोगले तीन महिनाभित्र काम सम्पन्न गर्ने अपेक्षा गरिएको बताएका थिए । उनले सबैका लागि समान अधिकार सुनिश्चित गर्नु सुधारको मुख्य उद्देश्य रहेको बताए ।

युनुसले भने, ‘हाम्रो अगाडि धेरै काम छन् । हामी साझा लक्ष्यमा सँगै अघि बढ्न चाहन्छौं। हामी राज्य र समाजको सहयोगमा हाम्रो नयाँ पुस्ताको प्रतिभालाई कुनै बाधाविना अगाडि ल्याउन सक्ने संरचना बनाउन चाहन्छौं ।ु

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको धर्ना

काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending