तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।
तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । तोरीको लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई छ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ ।
तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि छ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने,“मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं” ।
सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: