Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

खबरडबली संवाददाता

तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ ।  बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।

तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली  लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले  अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । तोरीको लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई छ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ । 

तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि छ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने,“मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं” ।

सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट  तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending