Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

ड्रोन, धम्की र विस्फोटन : दुई कोरियाबीच किन तनाव चर्कँदै छ ?

खबरडबली संवाददाता

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो राजधानीमाथि ड्रोन उडाएको आरोप लगाएको छ र केही महिनादेखि चुलिँदै आएको तनाव उत्कर्षमा पुगेको छ।

ती ड्रोनहरूले उत्तर कोरियाको राजधानी प्योङ्याङमा प्रचारबाजी गर्ने पर्चाहरू छरेको भनिएको छ र यस्तो गतिविधिलाई उत्तर कोरियाले “सशस्त्र द्वन्द्व र युद्ध समेत निम्त्याउन सक्ने” प्रकृतिको उक्साउने क्रियाकलाप भनेको छ।

शुक्रवार दक्षिणलाई त्यस्ता आरोपहरू लगाएपछि प्योङ्याङले आफूले सीमामा तैनाथ सैनिकहरूलाई गोली प्रहार गर्न तयारी अवस्थामा रहन आदेश दिएको बताएको छ। प्रतिक्रियास्वरूप दक्षिण कोरियाले आफू जबाफ दिन तयार रहेको बताउँदै आफ्ना नागरिकहरूको सुरक्षा जोखिममा परेमा त्यसले “उत्तर कोरियाली सत्ताको अन्त्यको” सङ्केत गर्ने बताएको छ।

त्यसपछि मङ्गलवार उत्तर कोरियाले सो देशलाई दक्षिणसँग जोड्ने दुई सडकका केही खण्डहरू विस्फोट गराएर नष्ट गरिदिएको छ र विगतमा दिएको धम्कीलाई कार्यान्वयन गरेको छ।

ती घटनाहरू दुई कोरियाबीच चल्दै आएका आरोप-प्रतिक्रियाको शृङ्खलामा नयाँ कडी हुन्। गत ज्यानुअरी महिनामा उत्तरका नेता किम जङ अनले दक्षिणलाई आफ्नो सत्ताको "एक नम्बरको शत्रु" भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च बिन्दुमा पुगेको छ।

अहिले के भएको हो?

अक्टोबर ११ तारिखमा उत्तर कोरियाको विदेश मन्त्रालयले प्योङ्याङमा दुई सातासम्म रातिको समयमा ड्रोनहरू पठाएको भनेर दक्षिणलाई आरोप लगाएको थियो। विदेश मन्त्रालयले ती ड्रोनहरूले पर्चाहरू छरेको र त्यसमा “भड्काउपूर्ण हल्लाहरू र रद्दी कुराहरू रहेको“ बताएको थियो।

किमकी प्रभावशाली बहिनी किम यो जोङले सउललाई यदि पहिले भनिएको जस्तो ड्रोनहरू उडाउने काम फेरि पनि भएमा त्यसको “डरलाग्दो परिणाम” भोग्नुपर्ने चेतावनी दिएकी छन्। उनले त्यस्ता भड्काउने खालका गतिविधिहरूका लागि दक्षिणका “सैनिक गुण्डानाइकेहरू” जिम्मेवार भएको “स्पष्ट प्रमाणहरू” भएको दाबी गरेकी छन्।

उत्तर कोरियाले आफ्नो आकाशमा उडिरहेका ड्रोनहरू भन्दै धमिलो तस्बिरहरू सार्वजनिक गरेको छ। ती ड्रोनले छरेका पर्चाहरू भनेर तिनको पनि तस्बिर सार्वजनिक गरिएको छ तर त्यस्ता दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने उपाय छैन।

सुरुमा दक्षिण कोरियाले उत्तरमा आफूहरूले ड्रोन उडाएको भन्ने आरोपलाई खण्डन गरेको थियो। तर पछि दक्षिणको सेनाका प्रमुखहरूको समूह 'जोइन्ट चीफ्स अफ स्टाफ' ले उत्तर कोरियाको आरोपहरूको खण्डन वा पुष्टि दुवै नगर्ने भनेर टिप्पणी गरेको छ।

स्थानीय स्तरमा भने त्यस्ता ड्रोनहरू अभियानकर्मीहरूले उडाएका हुन सक्ने अनुमान छ। त्यस्ता अभियानकर्मीहरूले उत्तरले भनेका जस्ता पर्चाहरू पहिले ठूला बलूनहरूमार्फत् त्यता पठाउने गर्थे।

'फ्री नोर्थ कोरिया मुभमन्ट कोएलिशन' नामक एउटा अभियानकर्मी समूहका नेता पार्क साङ-हाकले ड्रोन पठाएको भन्ने उत्तर कोरियाको आरोपलाई अस्वीकार गरेका छन्। उनले भने, “हामीले उत्तर कोरियामा कुनै ड्रोनहरू पठाएका छैनौँ।”

सोमवार किमले सेनापतिले अन्य सेना प्रमुख, सुरक्षा र प्रतिरक्षा मामिलाका मन्त्रीहरू, उच्च सरकारी कर्मचारीहरूसँग भेटघाट गरेको त्तर कोरियाको सरकार समाचार एजेन्सी केसीएनएले जनाएको छ।

उत्तर कोरियाको सन्देश

बैठकमा किमले “तत्कालको सैनिक कारबाहीको दिशा” तय गरेका र अधिकारीहरूलाई “हमला टार्ने कारबाही गर्न र आत्मरक्षाको अधिकारको अभ्यास गर्न” जिम्मेवारी दिएको बताइएको छ।

दक्षिण कोरियाको सेना प्रमुखहरूको समूह जोइन्ट चीफ्स अफ स्टाफका जनसम्पर्क अधिकारी ली सुङ-जूनले उत्तर कोरियाले “सानो स्तरको तर उत्तेजक” गतिविधिहरू गर्न सक्ने बताइन्। त्यस्ता गतिविधिमा दुई कोरियालाई जोड्ने सडकहरूमा सानातिना विस्फोटन गराउनु आदि पर्न सक्ने उनको भनाइ थियो। त्यसलगत्तै ग्येओङउई र डोङ्हे सडकहरूमा साङ्केतिक विस्फोटहरू भए।

ती दुवै सडकहरू लामो समयदेखि नै बन्द थिए। तर ती सडकहरू नष्ट गरेर किमले आफूहरू दक्षिणसँग मोलमोलाइको वार्ता गर्न इच्छुक नरहेको सन्देश दिएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

ती विस्फोटनहरूपछि दक्षिण कोरियाली सेनाले शक्तिप्रदर्शन गर्न आफ्नै सीमाभित्र हतियारहरू प्रहार गरेको छ भने उत्तरको निगरानी अझ बढाएको छ।

केही घण्टापछि सउल वरपरको ग्येओङ्गी प्रान्तको सरकारले ११ वटा सीमावर्ती क्षेत्रलाई “खतरापूर्ण क्षेत्र” घोषणा गर्दै ती क्षेत्रका मानिसहरूलाई सीमा पारी उत्तर कोरियाविरुद्धका प्रचारबाजीयुक्त पर्चाहरू पठाउनबाट रोक्ने प्रयास थालेको छ।

युद्ध गर्न अग्रसर भएका हुन् ?

विश्लेषकहरू अहिलेको समयमा चाहिँ दुई कोरियाले युद्ध चाहेका छैनन्।

“अहिलेको अवस्था चर्कँदै गएर युद्धको स्तरसम्म पुग्छ भन्नेमा मलाई शङ्का छ। उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउनका लागि मात्र सैनिक मुठभेडको कुरालाई प्रयोग गरेको हो,” बुसानस्थित डोङ-आ विश्वविद्यालयमा राजनीतिशास्त्र र कूटनीति पढाउने प्राध्यापक काङले डोङ-वानले भने।

“पूर्णस्तरको युद्ध गर्न सक्ने उत्तर कोरियाको क्षमतामा नै मेरो प्रश्न छ। त्यस्तो खालको द्वन्द्वले निम्त्याउन सक्ने गम्भीर परिणामका बारेमा त्यहाँको सत्ता सचेत छ,” सउलस्थित कोरिया विश्वविद्यालयमा उत्तर कोरियाली मामिला पढाउने प्राध्यापक किम डोङ-युप भन्छन्।

ठूलो परिदृश्य के हो त?

सन् १९५३ मा दुई देशबीचको युद्ध अन्त्य भए पनि औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभएका कारण अहिले पनि प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया एकअर्काविरुद्ध युद्धकै अवस्थामा छन्।

उत्तर कोरिया राज्यको गठन भएकै बेलादेखि दक्षिणसँगको एकीकरण उत्तरको राजनीतिक सिद्धान्तको एउटा महत्वपूर्ण भाग रहँदै आएको थियो। तर गत ज्यानुअरीमा किम जङ अनले दक्षिणसँग एकीकृत हुने विचार त्यागिदिएका थिए।

किमले उत्तर कोरियालाई भ्लादिमिर पुटिनको नेतृत्वमा रहेको रूसनिकट पुर्‍याएका छन्। परिणामस्वरूप उनी संयुक्त राज्य अमेरिका र पश्चिमा देशहरूको विपरीन उभिन पुगेका छन्। ती देशहरू चाहिँ दक्षिण कोरियाका महत्त्वपूर्ण समर्थक र साझेदार हुन्।

अर्को उल्लेख्य विषय चीनसँग रहँदै आएको उत्तर कोरियाको लामो समयदेखिको सम्बन्ध पनि हो र चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण समर्थक पनि हो।

ड्रोन घटनाले निम्त्याएको विवादको समयामा चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलवार सबै पक्षलाई उक्त प्रायःद्वीपमा “तनाव अझ चर्किन नदिन” आह्वान गरेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending