काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुन:निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुन:निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताए ।
“अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ रु तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ तर हामीले त्यसको पर्वाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरुका रोकिएका स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरु गरेर नाका बाटाहरु खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १४:४७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । ...
मंसिर ९ गते, २०८१ - १४:२७
घोडाघोडी। कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन । घोडाघोडी...
मंसिर ९ गते, २०८१ - १४:२०
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएको छन। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधा...
मंसिर ९ गते, २०८१ - १४:१०
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर ...
मंसिर ९ गते, २०८१ - १४:०२
काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएको छन । प्रधान सेनापति महारथी अ...
मंसिर ९ गते, २०८१ - १३:५०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरेको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउन एमाले पार्टी कार्यालय च्यासल जाने भएको छ । महानगर...
मंसिर ९ गते, २०८१ - १३:३४
मङ्सिर। सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई वहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसगँ महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको ...
मंसिर ९ गते, २०८१ - १३:२९
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिएको संघी...
मंसिर ९ गते, २०८१ - १३:१९
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोड...
मंसिर ९ गते, २०८१ - १३:१०
अम्मान। जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइ...
प्रतिकृया लेख्नुहोस्: