Ntc summer Offer
Khabar Dabali ५ कार्तिक २०८१ सोमबार | 21st October, 2024 Mon
Investment bank

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

खबरडबली संवाददाता

अटलान्टा । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै छिन् । 

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गरे । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार निशाना साँधेको छ । मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा छन् । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवै जना बराबरीमा रहेको सङ्केत गरेका छन् । 

दुवै उम्मेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनेछ । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने युद्धभूमि मानिन्छ । ट्रम्पविरुद्धको विनाशकारी बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उम्मेद्वारी हस्तान्तरण गरे । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ । 

“अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ”, ह्यारिसले शनिबार अटलान्टामा एक र्‍यालीमा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यङ्ग्य गर्दै भने, “उहाँले यसलाई ‘बुनाइ’ भन्नुभएको छ, तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।”

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’ को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गरेको थियो । तर पूर्वराष्ट्रपतिको अभियानले उनी पनि ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो । ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण दिएर ह्यारिसका आरोपहरूको जवाफ दिएको थियो । एक दिनअघि उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भनेको थियो । 

दुवै उम्मेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण युद्धभूमि राज्यहरूमा बिताइरहेको छ । जित्नैपर्ने राज्यमा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेको छ । दक्षिणपूर्वी शहर ह्यारिसबर्गमा उनले आफ्नो सङ्गठनको याचिकामा हस्ताक्षर गरेका राज्यका मतदाताहरूलाई नोभेम्बर ५ सम्म प्रत्येक दिन अनियमित रूपमा १० लाख डलर पुरस्कार वितरण सुरु गर्ने घोषणा गरे । 

ह्यारिसले पप स्टारहरू लिज्जो र अशरलाई मतदाताहरूसँग आफ्नो मामला प्रस्तुत गर्न प्रतिनिधिका रूपमा खटाएको छ । लिज्जोले डेट्रोइट र्‍यालीमा आफ्नै हिट गीतको सन्दर्भ दिएर ‘यो बारेमा धेरै समय भयो !’ गाउँदै अमेरिका आफ्नो पहिलो महिला राष्ट्रपतिका लागि पूर्ण रूपमा तयार छ भनेपछि तालीको गडगडाहट बटुले । 

अटलान्टाका प्रमुख कलाकारहरूमध्ये एक अशरले त्यहाँका मतदाताहरूलाई भने, “ह्यारिसको अभियानलाई जर्जियामा अन्तिम रेखासम्म पुर्‍याउन म तपाईंहरूमाथि भर परिरहेको छु ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छजना सडकआश्रित मानवहरूको उद्धार

काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट लिए सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  मानबहादुरले आइत...

काेशीमा तीन ऐन संशोधन गर्न अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सहकारी ऐनसहित तीनवटा ऐन संशोधन अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै प्...

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड दुई तर्फी सञ्चालनमा

हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आव...

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाक...

जग्गादानको विरोध गर्ने विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...

यस्ता छन् रक्षा मन्त्रालय मातहतका पछिल्ला उपलब्धि

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुर्तमार्ग धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी  जग्गाको मुआब्जामा पुँजीगत लाभ...

धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ ।  मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दि...

जनमत पार्टीले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy