Ntc summer Offer
Khabar Dabali ५ कार्तिक २०८१ सोमबार | 21st October, 2024 Mon
Investment bank

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

खबरडबली संवाददाता

बेरुत । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लगाएपछि यी आक्रमण भएका हुन् । राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, “शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे ।”

इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो । सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भनेको थियो, “तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ ।”

केन्द्रीय शहर कैसरियामा प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उनकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिबार बताएको थियो । “आज मेरो र मेरी पत्नीको हत्या गर्ने इरानको प्रतिनिधि हिजबुल्लाहको प्रयास एक गम्भीर गल्ती थियो”, तेहरान र ‘यसका प्रतिनिधिहरू’ लाई लक्षित गर्दै नेतान्याहूले वक्तव्यमा भने, “जसले इजरायलका नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्छ, उसले भारी मूल्य चुकाउनु पर्नेछ, यसमा इजरायलसँग गत सेप्टेम्बरदेखि युद्धमा रहेको लेबनानको हिजबुल्लाह पनि समावेश छ ।”

इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ । इरानको आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिशनले भन्यो, “यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।” हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन । 

इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ । इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छजना सडकआश्रित मानवहरूको उद्धार

काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट लिए सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  मानबहादुरले आइत...

काेशीमा तीन ऐन संशोधन गर्न अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सहकारी ऐनसहित तीनवटा ऐन संशोधन अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै प्...

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड दुई तर्फी सञ्चालनमा

हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आव...

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाक...

जग्गादानको विरोध गर्ने विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...

यस्ता छन् रक्षा मन्त्रालय मातहतका पछिल्ला उपलब्धि

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुर्तमार्ग धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी  जग्गाको मुआब्जामा पुँजीगत लाभ...

धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ ।  मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दि...

जनमत पार्टीले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy