Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पार्टीलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिनु, अरुले चिन्ता नगर्नु: शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको चिन्ता नगर्न आग्रह गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महासचिव पोखरेलले अहिले फरक पार्टीका नेता तथा कार्यकर्ताले एमालेको भविष्यको चिन्ता गर्दै अनेक सुझाव दिइरहेको उल्लेख गर्दै एमालेको चिन्ता नगर्न आग्रह गरेका हुन् ।  

उनले भनेका छन्- 

यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागे अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा९एमाले०लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा९एमाले०ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो ।

भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ । जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...

हिन्दु–मुस्लिम समुदायबीच विवाद हुँदा कपिलवस्तु अशान्त, प्रदर्शन रोक्न प्रहरीद्धारा लाठीचार्ज

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...

कांग्रेसभित्रको विवाद: देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय बैठक बोलाउने निर्णय

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...

रवि लामिछानेको मुद्दामा संशोधित निर्णयको फाइल मगाउने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...

अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमा

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...

मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था, तीन दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: