Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

साना पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन सरकारलाई अध्यक्ष नेपालकाे चेतावनी

खबरडबली संवाददाता

लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका छन् । 

उनले अरुलाई सिध्याउने उद्देश्यले अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका हुन् । सोमबार नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । 

‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं,’ नेपालले भने ‘अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’ उनले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जाने बताए । ‘संसारको इतिहासले बताएको छ, संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्,’ ओलीतर्फ संकेत गर्दै नेपालले भने ।

आफूहरूमा एमाले र केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको बताए । उनले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताए । अध्यक्ष नेपालले कतिपयले नेकपा एकिकृत समाजवादीका बारेमा भ्रम फैलाएको बताए । ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैन, आफ्नै खुट्टामा उभिन्छौं,’ अध्यक्ष नेपालले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा हुने

पाेखरा । डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र...

अखिल क्रान्तिकारीले जलायाे प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । माओवादीको घोषित आन्दो...

सहुलियत मूल्यमा न्यूरो उपचारको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्री प्रदिप पौडेलले मन्...

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् ...

धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनुषा । बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ । धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको ब...

दसैँ–तिहारको कोसेलीका रुपमा कर्णालीको स्याउ घरघरमा

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।  आयातीत भारतीय र चीनको भन्...

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका...

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न ...

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक...

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।  मंगलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy