Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

छठ पर्व नजिएसँगै बिक्री हुन थाले बाँसका सामग्री

खबरडबली संवाददाता

जनकपुरधाम । छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरु बाँसका सामग्री बनाउनमा व्यस्त छन् । बाँसका सामग्रीहरू सुपा, डाली, सिज, र दौरा छठको पूजा र अर्घ दिने परम्परामा अत्यन्तै महत्वपूर्ण हुन्छन् । 

डोम समुदायका मानिसहरू वर्षभरि बाँसका विभिन्न सामग्रीहरू बनाउँछन्, तर छठ पर्वको समयमा यी सामग्रीहरूको माग धेरै बढ्ने गर्दा उनीहरु अहिले सम्पूर्ण परिवार सामग्री बनाउनमा लागेका छन् । विशेषगरी छठ पर्वको समयमा उनीहरूको व्यवसायमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू रातदिन यी सामग्रीहरू बनाउँदै विक्री गर्ने कार्यमा लागि पर्छन् । बाँसबाट बनेको नाङलो, डालो जस्ता सामग्रीहरूको छठको विशेष पूजा विधिमा महत्वपूर्ण भूमिका हुने भएकाले, यी सामग्री बिना छठको पूजा अधुरो मानिन्छ । 

यस्तै जनकपुरधाम उपमहानगरपालिका ७ की लिलम मल्लिकका पाँच जना परिवारका पाँचै जना सदस्य यतिबेला बाँसका सामग्री बनाउनमा व्यस्त छन् । उनीहरु कोहीले बाँस काट्ने, कोहीले ताछ्ने र कोहीले बनाउने काम गर्दैछन् । लिलम भन्छन्, “पहिले हाम्रो समुदाय यसै पेसामा निर्भर हुन्थ्यो, अहिले माग घटेका कारण विशेषगरी छठका बेला मात्र सामग्री तयार पारिन्छ । पहिला बाबा, दादाहरुले आफैँ बनाउने र बेच्ने गर्नुहुन्थ्यो । तर, अहिले हामीले बनाउने मात्र गर्छौ, बेच्ने समयलाई सदुपयोग गर्दै, सामग्री बनाउनमा लगाउछौं ।” आजकाल कतिपय  व्रतालुले पित्तलका सामग्री प्रयोग गर्न थालेपछि बाँसका सामग्रीको प्रयोग घट्दै गएका कारण माग पनि घटेको उनको बुझाइ छ । 

एक सिजनमा बाँसबाट बनेका सामग्रीबाट ७-८ हजार रुपियाँ कमाई हुने लिलमको भनाइ छ । पहिला सहजै र कम मूल्यमा बाँस खरिद गर्न पाइन्थ्यो तर, अहिले बाँस पनि बाहिरबाट आउँछ, र महँगो पनि छ, यसरी बाँस उत्पादन र प्रयोग कमी आउँदा हाम्रो परम्परागत पेशामा लुप्त हुने डर पनि बढेको उनि बताउँछन् । सातादिन अघिदेखि नै जनकपुरधामको पेठिया बजारमा छठका लागि बाँसका सामग्री लामलस्कर राखेर बेच्न थालिएको छ । जहाँ जिल्लाबाट मात्र नभएर जिल्ला बाहीरबाट पनि बाँसका सामग्री मगाउने गरिन्छ ।

डोम समुदायका लागि यो पर्व उनीहरूको आर्थिक उपार्जनको ठूलो स्रोत पनि हो, किनकि बाँसका सामग्रीको माग छठका बेला अत्यधिक हुन्छ । यसले उनीहरूलाई आर्थिक लाभ दिलाउनुका साथै उनीहरूको परम्परागत कौशललाई जगेर्ना गर्न सहयोग गर्छ । डोम समुदायको सिपलाई सांस्कृतिक सम्पदाको रूपमा मात्र नभएर आर्थिक अवसरका रूपमा पनि हेर्नुपर्छ । यसका लागि सरकारी नीतिहरू र कार्यक्रमहरूमा उनीहरूको सहभागिता र समर्थन आवश्यक छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनुषा । बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ । धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको ब...

दसैँ–तिहारको कोसेलीका रुपमा कर्णालीको स्याउ घरघरमा

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।  आयातीत भारतीय र चीनको भन्...

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका...

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न ...

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक...

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।  मंगलब...

दिल्लीबाट काठमाडौं ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा ए...

गाजा बन्धकको रिहाईमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्क...

नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी

काठमाडौं । रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कपटी–२० क्रिकेट प्रतियोगितामा मङ्गलबार नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब वि...

अफगानिस्तानमा विस्फोट हुदाँ तीनजनाको मृत्यु तीन घाइते

अफगानिस्तान । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy