Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

खबरडबली संवाददाता

काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन् ।

वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास रहेको बताएका थिए । उनले भने- 'हामी जतिसक्दो चाँडो शान्ति र स्थायित्वको पुनर्स्थापनालाई पूर्ण रूपमा समर्थन गर्छौं । भारत आगामी समयमा सबै सम्भव सहयोग गर्न तयार छ ।'

मोदीको जवाफमा पुटिनले भने, 'मलाई जुलाईमा भएको भेट (प्रधानमन्त्री मोदीसँग) याद छ । हामीले धेरै राम्रो छलफल गरेका थियौं । हामीले धेरै पटक टेलिफोनमा पनि कुरा गरेका थियौं । काजान भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएकोमा म तपाईंप्रति आभारी छु । हामी ब्रिक्स शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछौं । त्यसपछि, हामी डिनरमा अन्य नेताहरूसँग पनि कुरा गर्नेछौं ।'

ब्रिक्स सम्मेलन रुसको काजानमा हुदै छ । ब्रिक्स रसियासहित ब्राजिल, भारत, चीन र दक्षिण अफ्रीका, इरान, इजिप्टम, युएई र इथोपिया सम्मिलित देशहरुको संस्था हो । शुरुमा एक अर्का देशमा लगानीका सम्भावना खोज्न २००१ मा गठन गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

हेटौँडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उप...

कांग्रेसका महामन्त्री थापा भारतको दिल्ली प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् ।  महामन्त्री थापा मंगलबार साँझ दिल्ली प्रस्थान गरेको उनको सचिवा...

सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान

पाेखरा । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन् ।  ...

अन्तर्राष्ट्रिय मुद्दाको समाधान गर्न आइपियुको भूमिका महत्त्वपूर्ण छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी ...

भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

काठमाडौंं । दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत साबित भएको छ ।  विमा...

अन्य पार्टीसँगको एकीकरण र समाहित हुने भन्ने हल्ला निराधार हाे: नेपाल

बाँके । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताएका छन् ।  नेकपा एकीकृत समाज...

सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलालकाे बयान रूपन्देहीमा, सोधियो ५७ प्रश्न

लुम्बिनी । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । सरकारी वकिल कार...

भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा हुने

पाेखरा । डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र...

अखिल क्रान्तिकारीले जलायाे प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । माओवादीको घोषित आन्दो...

सहुलियत मूल्यमा न्यूरो उपचारको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्री प्रदिप पौडेलले मन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy