Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

१७ बैंकको निष्क्रिय कर्जा बढ्यो, संकटबिच तीन बैंकको सुधार

प्रकाश न्यौपाने

काठमाडौं । आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये ती बैंकहरुको निष्क्रिय कर्जा बढेका हुन् ।

आर्थिक क्षेत्रको संकटका बाबजुद तीन बैंकको कर्जाको अवस्था भने यो सुधारिएको छ । विवरणअनुसार तीन बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा धेरै हिमालयन बैंकका ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।

त्यस्तै, ४ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकको संख्या ९ रहेको छ । यसमध्ये हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा  राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत निष्क्रिय कर्जा कायम भएको छ ।

त्यस्तै, ३ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंक ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ । सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्ट बैंकले ०.७७ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम कर्जा जोखिम भएको बैंकको रूपमा स्थापित भएको छ ।

गत आर्थिक वर्षसँग तुलना गर्दा यो अवधिमा सबैभन्दा धेरै निष्क्रिय कर्जा वृद्धि हुने बैंकमा एनआईशी एसिया रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा एक वर्षको अवधिमा २.८७ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै, सिटिजन्स बैंकको १.४४ प्रतिशत, प्राइम कमर्शियल बैंकको १.१९ प्रतिशत, सानिमा बैंकको १.१५ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.०१ प्रतिशत विन्दुले निष्क्रिय कर्जा बढेको छ ।

निष्क्रिय कर्जा बढे पनि यो अवधिमा १२ बैंकको यस्तो कर्जा एक प्रतिशत भन्दा कमले बढेको छ । एभरेष्ट बैंक नेपाल एसबीआई बैंक र कृषि विकास बैंकको निष्क्रिय कर्जा भने पोहोरको तुलनामा घटेको छ । 

उल्लेखित निष्क्रिय कर्जा कुल (ग्रस) निष्क्रिय कर्जा हो । यसमा कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइएको रकमलाई घटाएर खुद (नेट) निष्क्रिय कर्जा समेत गणना गर्ने गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुटानलाई ७-१ ले हराउदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको ह...

नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?

काठमाडौं । आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो । कारोबार अ...

गौशाला धर्मशाला प्रकरण: मारवाडी समितिद्वारा न्यायिक प्रक्रियामाथि ‘अवहेलना’ गर्दै उच्च अदालतमा रिट

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि कब्जा गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदा...

भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि कारबाहीको चेतावनी

काठमाडौं  । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणाम...

मानवीयताका आधारमा थाई एयर एसियालाई काठमाडौंमै अवतरण अनुमति

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ । ...

२२१ किलो गाँजासहित एक जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २२१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय...

सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर

काठमाडौँ । सुचनाको हकको कडाईका साथ कार्यान्वयन गर्न संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरीका स्थानीय तहलाई निर्देशन जारी गरेको छ । सूच...

ग्लोबल आइएमई क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा साताब्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चे...

अवतरणको अनुमति म्याद सकिएपछि एयर एसियाको जहाज आकाशमै होल्ड

 काठमाडौैं । अवतरण अनुमति सकिएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अ...

रु. १०० दरको ३० करोड थान नोट छाप्दै राष्ट्र बैंक

चिनियाँ कम्पनीले पायो ठेक्का

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy