Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

खबरडबली संवाददाता

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्धुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ुमुन्धुम ट्रेलु पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्धुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।

शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्धुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताए।

‘असोज लागेसँगै हूलका हूल पर्यटकहरू घुम्न आउने गर्छन् । मुन्धुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । भेडीचोक तथा चौँरी गोठमा बस्न दिने गरेका छौँ’, मैयुङको लेकमा व्यावसायिक रुपमा भेडापालन गर्दै आएका समीपले भने, ‘राज्यले यसप्रति ध्यान दिन जरुरी छ । भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेललाई प्रवर्द्धन गर्न सकेमा स्थानीय बासिन्दाका लागि मात्र नभई राज्यलाई समेत आर्थिक रुपमा ठूलो टेवा पुग्ने सम्भावना छ ।’

पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्धुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । नेपालका लागि यो नयाँ (भर्जिन) पर्यटकीय गन्तव्यस्थल मुन्धुम ट्रेलको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको हो ।

खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।

पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्धुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत हुँदैन । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लिखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्धुम ट्रेल’ राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए ।

‘छ वर्षअघिदेखि सुरु गरिएको मुन्धुम ट्रेल स्तरोन्नतिको काम करिब ६५ प्रतिशत पूरा भएको छ । आगामी चार वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने योजनामा छौँ’, उनले भने, ‘पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । उच्च हिमाली शृङ्खला तथा सबैभन्दा होचो स्थानमा रहेको अरुण उपत्यकाका साथै तराईका फाँटहरू अवलोकन गर्न सकिने यो पदमार्गमा पर्यटकका लागि स्थानीयवासीले होमस्टे ९घरबास० समेत विस्तार गरिरहेका छन् ।’

ठूल्ठूला घाँसेमैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घनाजङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डसँग जोडिएकाले यो ‘मुन्धुम ट्रेल’ पदमार्ग बाह्य पर्यटकलाई समेत आवागमनमा सहज छ । यो ‘मुन्धुम ट्रेल’ पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले ५० लाख, पर्यटन बोर्डले २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले १० लाख गरी रु ८० लाख बजेटले स्तरोन्नति गरिएको छ ।

स्विस सरकारकोसमेत लगानी रहेको यो पदमार्ग अवलोकन गर्न नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापलर १३ अप्रिल २०२१ मा खोटाङ आएका थिए । खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई ‘मुन्धुम ट्रेल’को स्टार्टिङ प्वइन्ट ९प्रवेशद्वार० मानिएकाले राजदूत एलिजावेथ खोटाङ आएका थिए ।

साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने पदमार्गमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्विस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार दुई सय ५२ मा ुमुन्धुम ट्रेलु स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण सुरु गरिएको ‘मुन्धुम ट्रेल’को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

‘मुन्धुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत पूर्वाधारको काम भएको छ ।

खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्धुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताए ।

प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको क्षेत्रमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ ।

मानव बस्ती कम पाइने पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर ‘गोठ स्टे’ गोठ बासको व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्।

पशुपालन गर्ने किसानले खर्क (पशुचौपाया चराउने ठाउँ) को रुपमा मात्र प्रयोग गर्दै आएको यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतले ‘मुन्धुम ट्रेल’ पदमार्गको विकास गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending