Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक कमउँछन् पाँच लाख

खबरडबली संवाददाता

जुम्ला। खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाएका छैन लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिएका छन्।

उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गरका छैनन् स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाएका छन्। उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् ।

यस वर्ष उनले स्याउ बेचेर रु ४० हजार कमाएको बताए । विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए।

कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काएका छन्। “कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा रु तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक रु तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,” भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने। वार्षिक रु १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उनले बताए।

अठार महिना कनिष्ठ प्राविधिक सहायक ९जेटिए० का रूपमा काम गर्नुभएका तथा वनस्पति र बाली विज्ञान ९आइएसएजी० पनि अध्ययन गर्नुभएका उहाँलाई कृषि क्षेत्रमा काम गर्न असहज छैंन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् ।स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनी बताउँछन्। मागअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा निर्माण भएकका एकीकृत बस्तीका अलपत्र भवन व्यक्तिगत स्वामित्वमा हस्तान्तरण हुँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्...

तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै सशस्त्रका डीएसपी कटुवाल

काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप...

पेस्तोलसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं ।  काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित एकजना पक्राउ परेका छन्। दैलेख भगवतीमाई...

लिग–२ मा आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । विश्वकप लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपालले आज अमेरिकासँग उसकै घरेलु मैदानमा खेल्दैछ । लिग(२ चक्रमा नेपालको यो नवौँ खेल हो ...

विदेशमा बस्ने नेपालीहरुले अकल्पनिय प्रगति गरेका छन्ः डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनिय प्रगति गरेक...

रवि लामिछानेलाई इजलासमा दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको आपत्ति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको ...

गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन्- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा...

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैह्रआवा...

गृहपृष्ठसमाचारजुवातास खेल्ने ४२ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपाल...

प्रहरीका दुई एआईजी र ८ डीआईजीको पद रिक्त हुँदै, प्रतिस्पर्धामा को–को ?

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy