Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

घरेलु उडानमा यात्रुको बीमा १ लाख डलर पुर्‍याउने विधेयक अलपत्र

खबरडबली संवाददाता

काठमाडौं । घरेलु हवाइ यात्रामा दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको न्यूनत्तम क्षतिपूर्ती रकम १ लाख अमेरिकी डलर बराबर पुर्‍याउने प्रस्तावित विधेयकको मस्यौदा प्रतिनिध अझैसम्म थाती छ।

मन्त्री परिषदको २०८० फागुन २९ गतेको बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायीत्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। मन्त्री परिषदले विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि तीन वर्षपछि बल्ल विधेयकको मस्यौदाले स्थान पाएको हो । यो विधेयकको मस्यौदा तयार पार्न २०७७ चैतमा मन्त्री परिषदले नै सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्य दल गठन गरेको थियो ।

मन्त्री परिषदले विधेयक तर्जुमा गर्न निर्देशन दिएपनि अझैसम्म यो विधेयक मन्त्रालयबाट मन्त्री परिषदमार्फत प्रतिनिधि सभामा दर्ता भएको छैन ।

प्रस्तावित विधेयक अनुसार दुर्घटनाको ६० दिनभित्र पीडित पक्षले क्षतिपूर्तीका लागि वायू सेवा कम्पनी वा उसको प्रतिनिधि समक्ष निवेदन दिनुपर्छ। यसैगरी वायू सेवा प्रदायकको लापरवाहीका कारण क्षति भएको मालसामानको हकमा प्रति किलो २० अमेरिकी डलर क्षतिपूर्ती प्रस्ताव गरिएको छ। यस्तो रकम अधिकत्तम ५ हजार डलर सम्म मात्र हुनेछ। यसैगरी हाते झोलामा क्षति पुगेमा वा हराएमा अधिकत्तम ४ सय अमेरिकी डलर सम्म क्षतिपूर्तीको प्रस्ताव गरिएको छ।

अहिले नेपालमा नागरिक उड्ययन सम्बन्धमा बार्सा महासन्धिका १९२९ का प्रावधान लागू छन् । यसै कारण यात्रुका लागि क्षतिपूर्तिको अधिकत्तम सीमा २० हजार अमेरिकी डलर मात्र छ । प्रस्तावित मस्यौदाले कानूनको मान्यता पाएपछि यस्तो क्षतिपूर्ति ५ गुणा बढ्नेछ । नागरिक उड्ययन सम्बन्धमा मन्ट्रियल महासन्धी अनुसार अन्तर्राष्ट्रिय उडानका यात्रुका लागि १ लाख ७१ हजार १८ अमेरिकी डलर बीमा क्षतिपूर्ती निर्धारण गरिएको छ । यो प्रावधान नेपालमा सन् २०१८ को डिसेम्बरबाट कार्यान्वयनमा आएको थियो । अबको एक महिनापछि अर्थात् २०२४ को डिसेम्बरबाट क्षतिपूर्ती सम्बन्धि नयाँ प्रावधान कार्यान्वयनमा ल्याइदैछ। नयाँ प्रावधान अनुसार प्रति यात्रु बीमा क्षतिपूर्तीवापतको रकम २ लाख २ हजार ५ सय अमेरिकी डलर कायम हुनेछ।

२०७४ साल फागुन २८ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा परेर ठूलो संख्यामा नेपाली यात्रुको मृत्यु भएपछि नेपालमा पनि मन्ट्रियल महासन्धी अनुमोदन गर्न दबाब बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा निर्माण भएकका एकीकृत बस्तीका अलपत्र भवन व्यक्तिगत स्वामित्वमा हस्तान्तरण हुँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्...

तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै सशस्त्रका डीएसपी कटुवाल

काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप...

पेस्तोलसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं ।  काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित एकजना पक्राउ परेका छन्। दैलेख भगवतीमाई...

लिग–२ मा आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । विश्वकप लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपालले आज अमेरिकासँग उसकै घरेलु मैदानमा खेल्दैछ । लिग(२ चक्रमा नेपालको यो नवौँ खेल हो ...

विदेशमा बस्ने नेपालीहरुले अकल्पनिय प्रगति गरेका छन्ः डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनिय प्रगति गरेक...

रवि लामिछानेलाई इजलासमा दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको आपत्ति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको ...

गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन्- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा...

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैह्रआवा...

गृहपृष्ठसमाचारजुवातास खेल्ने ४२ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपाल...

प्रहरीका दुई एआईजी र ८ डीआईजीको पद रिक्त हुँदै, प्रतिस्पर्धामा को–को ?

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy