Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सिरहाको लहान र गोलबजार आज शान्त

\"Rautahat\"लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपका कारण तनाबग्रस्त बनेको सिरहाको लहानसहितका बजार शनिबार भने केही शान्त बनेका छन् । बिहानदेखि नै सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहान, गोलबजार, धनगढी, बन्दीपुरलगायतका बजार र पसल बन्द छन् भने बजारहरुमा सर्वसाधारणको चहल पहल थोरै बढेको छ । प्रदर्शनकारीहरुले भौतिक तथा मानवीय क्षति नपुर्‍याउन भन्दै शनिबार बिहानैदेखि लहान, गोलबजार र मिर्चैयामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रहरी परिचालन गरिए पनि सिरहाको मिर्चैयामा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै मोटरसाइकलसमेत बिहानैदेखि चल्न दिएका छैनन् भने राजमार्गका विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताहरुले रुख ढालेर सडक जाम गरेका छन् । झडपका कारण जिल्लाको अवस्था असहज भएकाले जिल्लामा दङ्गाग्रस्त क्षेत्र र निषेधाज्ञा लगाउनु परेको बताउँदै सिरहाका प्रमुख जिल्ला अधिकारी डा। मानबहादुर विश्वकर्माले जिल्ला बिस्तारै शान्त बन्दै गएको जानकारी दिए । स्थानीय प्रशासनले जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन थालेपछि हिजोसाँझ सिरहाको गोलबजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा सिरहाको बेतौनाका लक्ष्मण दास र गोलबजारका आशिषविक्रम साह घाइते भएका थिए । यसअघि गत बुधवार प्रदर्शनकारीहरुले राजमार्गमा ढालेको रुख हटाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर आठ जना घाइते भएका थिए भने आक्रोशित मोर्चाका कार्यकर्ताहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी राखिएको मोटरसाईकलमा आगजनी गरेका थिए । मोर्चाका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिएपछि बिगत तीन दिनदेखि प्रहरी र प्रदर्शनकारी बीच सिरहाको लहान, गोलबजार र मिर्चैयालगायतका स्थानमा झडप हुँदा स्थिति तनाबग्रस्त बनेको थियो । झडपका कारण स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले गत बुधबारदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार र मिर्चैयालगायत क्षेत्रलाई दङ्गाग्रस्त घोषणा गर्दै राजमार्गको बलान खोलादेखि पुरानो चोहर्वासम्म राजमार्गको छेउछाउको ५ सय मिटरसम्म निषेधाज्ञा जारी गरेको थियो । सिमाकङ्नप्रति आपत्ति जनाउँदै संयुक्त मधेसी मोर्चा र थारु संघर्ष समितिले गत साउन ३० गतेदेखि जारी राखेको अनिश्चितकालीन आमहड्तालका कारण सिरहाको जनजीवन प्रभावित र कष्टकर बन्दै आएको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies