Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

गर्भ रहेको कसरी थाहा पाउने ?

डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र शुक्रकीट निषेचन हुने प्रक्रिया ढिलो हुँदा एक–दुई हप्तासम्म पनि गर्भ रहेको नरहेको थाहा हुँदैन ।

जब गर्भ रहन्छ महिलाले पहिलाको भन्दा असामान्य अनुभव गर्छिन् । केही संकेतले पनि गर्भ रहेको शंका हुनसक्छ ।

स्तन भारी हुनु

स्तन भारी हुनु, स्तनको आकार परिर्वतन हुनु, स्तन वरिपरिको भाग कालो हुनु तथा स्तनको नसा फुल्नु र मन्द दुखाइ हुनुलाई पनि गर्भावस्थाको प्रारम्भिक संकेत मान्न सकिन्छ ।

थकान

गर्भावस्थामा हर्मोन परिवर्तन हुन्छ । जसले गर्दा शरीर थाक्ने गर्छ । कतिपय महिला त गर्भावस्थाको सुरुवाती तीन महिनासम्म पनि अत्यधिक थकान महसुस गर्छन् ।

पटक–पटक पिसाब लाग्नु

गर्भावस्थाको सुरुवाती चरणमा शरीरमा अतिरिक्त तरल पदार्थ उत्पादित हुन्छ, जसले गर्दा मूत्राशयमा दबाब उत्पन्न भई पटक-पटक पिसाब लाग्ने गर्छ । सो क्रम राति बढी भएमा गर्भ रहेको एक संकेत पनि हुनसक्छ ।

टाउको दुख्नु

गर्भावस्थाको प्रारम्भिक लक्षणमा टाउको दुख्ने समस्या पनि पर्छ । किनकि हर्मोनको परिवर्तनका कारण यो समस्यामा टाउको बेस्सरी दुख्ने गर्छ । तर यो अवस्था आफैंमा संवेदनशील अवस्था भएकाले टाउको दुख्यो भन्दैमा चिकित्सकको सल्लाह विना औषधि सेवन गर्नु हुँदैन ।

ढाड दुख्नु

बेस्सरी ढाड दुख्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्छ । किनकि गर्भावस्थामा तौल बढ्नुका साथै शरीरको बनोट परिवर्तित हुने गर्छ । जसकारण मांसपेशी र लिगामेन्ट खुकुलो भई ढाड दुख्ने गर्छ ।

खानामा अरुचि

अचानक खानामा अरुचि बढ्नु तथा अमिलो खान मन लाग्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षणमध्येमा पर्छ । किनकि गर्भावस्थामा हर्मोनको परिवर्तनका कारण महिलाहरुलाई अमिलो खानेकुरा खान मनपर्छ ।

मुड बदलिनु

के तपाईंको मुड अचानक बदलिरहेको छ ? एकछिन अघिसम्म एउटा काम गर्न मन लाग्नु, एकछिनमै अर्को काम गर्न मनलाग्नु पनि गर्भावस्थाको संकेत हो । यदि त्यस्तो भइरहेको छ भने एकपटक विचार गर्नुपर्ने हुनसक्छ ।

महिनावारी ढिलो हुनु

महिनावारी ढिलो हुनु पनि गर्भावस्थाको प्रमुख लक्षणमध्येमा पर्छ । यो समस्या कमै महिलामा देखिने गर्छ । किनकि गर्भवती भएमा महिलाहरुको महिनावारी प्रायः रोकिने गर्छ । त्यसैले नियमित भइरहेको महिनावारी अचानक बन्द भएमा गर्भावस्थाको परीक्षण अवश्य गराउनुपर्छ ।

यी सबै लक्षण सबै महिलामा नदेखिन पनि सक्छ । र, एकभन्दा बढी लक्षण देखिएर शंका लागेमा गर्भको स्ट्रिप प्रेग्नेन्सी टेस्ट (कीट)बाट परीक्षण गर्न सकिन्छ । लक्षण नदेखिए पनि गर्भवती भएको शंका लागेमा यकिन गर्न चाहनेले जाँच गर्न सकिन्छ ।

प्रयोग कसरी गर्ने ?

– बिहानको पिसाबमा एचसीजीको स्तर बढी हुने र सहजै नतिजा आउने भएकाले त्यही समयको पिसाब प्रयोग गर्ने ।

– उपकरण भएको दुईवटा टेस्टिङ पोइन्टमा पिसाबको तीन थोपा जति राख्ने ।

– पिसाबमा एचसीजी हार्मोन मिसिएको छ भने स्ट्रिपको एक किनाराको रङ परिवर्तन हुन्छ । यसले गर्भवती भएको बुझ्न सकिन्छ ।

गर्भ रहेपछि

गर्भ रहेपछि महिलाले विशेष किसिमको अनुभव गर्छिन् । त्यो पल खुसी, अलिकति उत्सुकता, भावी बच्चाको माया र अलिकति डर मिश्रित अनुभव हुन्छ ।

यद्यपि गर्भ बसेको थाहा भएदेखि गर्भ रहने नौ महिनासम्म कस्तो खालको शारीरिक र भावनात्मक परिवर्तन हुनसक्छ भन्ने ज्ञान भयो भने आउने महिनाका लागि तयार रहन सहज हुन्छ ।

गर्भ रहेपछि गर्नैपर्ने कुरा भने स्त्री रोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ । चिकित्सकले आवश्यक परे स्वास्थ्य परीक्षण गर्न सक्छन् ।

चिकित्सकले के खाने ? के गर्ने, के नगर्ने लगायत जानकारी र नियमित फलोअपमा आउन सुझाव दिनसक्छन् । यो बेला बच्चा वा आफ्नो स्वास्थ्यबारे केही जिज्ञासा भए खुलस्त भएर चिकित्सकलाई सोध्न सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending