Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

गर्भ रहेको कसरी थाहा पाउने ?

डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र शुक्रकीट निषेचन हुने प्रक्रिया ढिलो हुँदा एक–दुई हप्तासम्म पनि गर्भ रहेको नरहेको थाहा हुँदैन ।

जब गर्भ रहन्छ महिलाले पहिलाको भन्दा असामान्य अनुभव गर्छिन् । केही संकेतले पनि गर्भ रहेको शंका हुनसक्छ ।

स्तन भारी हुनु

स्तन भारी हुनु, स्तनको आकार परिर्वतन हुनु, स्तन वरिपरिको भाग कालो हुनु तथा स्तनको नसा फुल्नु र मन्द दुखाइ हुनुलाई पनि गर्भावस्थाको प्रारम्भिक संकेत मान्न सकिन्छ ।

थकान

गर्भावस्थामा हर्मोन परिवर्तन हुन्छ । जसले गर्दा शरीर थाक्ने गर्छ । कतिपय महिला त गर्भावस्थाको सुरुवाती तीन महिनासम्म पनि अत्यधिक थकान महसुस गर्छन् ।

पटक–पटक पिसाब लाग्नु

गर्भावस्थाको सुरुवाती चरणमा शरीरमा अतिरिक्त तरल पदार्थ उत्पादित हुन्छ, जसले गर्दा मूत्राशयमा दबाब उत्पन्न भई पटक-पटक पिसाब लाग्ने गर्छ । सो क्रम राति बढी भएमा गर्भ रहेको एक संकेत पनि हुनसक्छ ।

टाउको दुख्नु

गर्भावस्थाको प्रारम्भिक लक्षणमा टाउको दुख्ने समस्या पनि पर्छ । किनकि हर्मोनको परिवर्तनका कारण यो समस्यामा टाउको बेस्सरी दुख्ने गर्छ । तर यो अवस्था आफैंमा संवेदनशील अवस्था भएकाले टाउको दुख्यो भन्दैमा चिकित्सकको सल्लाह विना औषधि सेवन गर्नु हुँदैन ।

ढाड दुख्नु

बेस्सरी ढाड दुख्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षण मध्यमा पर्छ । किनकि गर्भावस्थामा तौल बढ्नुका साथै शरीरको बनोट परिवर्तित हुने गर्छ । जसकारण मांसपेशी र लिगामेन्ट खुकुलो भई ढाड दुख्ने गर्छ ।

खानामा अरुचि

अचानक खानामा अरुचि बढ्नु तथा अमिलो खान मन लाग्नु पनि गर्भावस्थाको प्रारम्भिक लक्षणमध्येमा पर्छ । किनकि गर्भावस्थामा हर्मोनको परिवर्तनका कारण महिलाहरुलाई अमिलो खानेकुरा खान मनपर्छ ।

मुड बदलिनु

के तपाईंको मुड अचानक बदलिरहेको छ ? एकछिन अघिसम्म एउटा काम गर्न मन लाग्नु, एकछिनमै अर्को काम गर्न मनलाग्नु पनि गर्भावस्थाको संकेत हो । यदि त्यस्तो भइरहेको छ भने एकपटक विचार गर्नुपर्ने हुनसक्छ ।

महिनावारी ढिलो हुनु

महिनावारी ढिलो हुनु पनि गर्भावस्थाको प्रमुख लक्षणमध्येमा पर्छ । यो समस्या कमै महिलामा देखिने गर्छ । किनकि गर्भवती भएमा महिलाहरुको महिनावारी प्रायः रोकिने गर्छ । त्यसैले नियमित भइरहेको महिनावारी अचानक बन्द भएमा गर्भावस्थाको परीक्षण अवश्य गराउनुपर्छ ।

यी सबै लक्षण सबै महिलामा नदेखिन पनि सक्छ । र, एकभन्दा बढी लक्षण देखिएर शंका लागेमा गर्भको स्ट्रिप प्रेग्नेन्सी टेस्ट (कीट)बाट परीक्षण गर्न सकिन्छ । लक्षण नदेखिए पनि गर्भवती भएको शंका लागेमा यकिन गर्न चाहनेले जाँच गर्न सकिन्छ ।

प्रयोग कसरी गर्ने ?

– बिहानको पिसाबमा एचसीजीको स्तर बढी हुने र सहजै नतिजा आउने भएकाले त्यही समयको पिसाब प्रयोग गर्ने ।

– उपकरण भएको दुईवटा टेस्टिङ पोइन्टमा पिसाबको तीन थोपा जति राख्ने ।

– पिसाबमा एचसीजी हार्मोन मिसिएको छ भने स्ट्रिपको एक किनाराको रङ परिवर्तन हुन्छ । यसले गर्भवती भएको बुझ्न सकिन्छ ।

गर्भ रहेपछि

गर्भ रहेपछि महिलाले विशेष किसिमको अनुभव गर्छिन् । त्यो पल खुसी, अलिकति उत्सुकता, भावी बच्चाको माया र अलिकति डर मिश्रित अनुभव हुन्छ ।

यद्यपि गर्भ बसेको थाहा भएदेखि गर्भ रहने नौ महिनासम्म कस्तो खालको शारीरिक र भावनात्मक परिवर्तन हुनसक्छ भन्ने ज्ञान भयो भने आउने महिनाका लागि तयार रहन सहज हुन्छ ।

गर्भ रहेपछि गर्नैपर्ने कुरा भने स्त्री रोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ । चिकित्सकले आवश्यक परे स्वास्थ्य परीक्षण गर्न सक्छन् ।

चिकित्सकले के खाने ? के गर्ने, के नगर्ने लगायत जानकारी र नियमित फलोअपमा आउन सुझाव दिनसक्छन् । यो बेला बच्चा वा आफ्नो स्वास्थ्यबारे केही जिज्ञासा भए खुलस्त भएर चिकित्सकलाई सोध्न सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending