महोत्तरी । मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । बस्तीमा सगोत्र बन्धुबान्धवभित्रका घरमुली महिला एक ठाउँमा जम्मा भइ मङ्गलगीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।
पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार ९पानीमा घोलिएको अरवा चामलको पिठो० ले पूजा गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूूजाविधिमा प्रकृतिको आराधना गरिने मिथिला संस्कृतिका अध्येता साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।
यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकुल नजिकको गोवर्द्धन पर्वतलाई इष्टजनसहित पूजा गरी जनहिको काम गरेको सम्झनामा मनाउन थालिएको डा विमलले उल्लेख गरे । गाई ९गो० मुख्य पशुधन मानिने तत्कालीन बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैले पर्वतलाई पूजा गर्न आह्वान गरिएकाले यसलाई परम्पराका रुपमा पूजा गर्न थालिएको मिथिला संस्कृतिका अध्येता डा।विमलले बताए । पछि गोवर्द्धन पूजा नै मिथिलामा ‘गोधन’ भन्न थालिएको हो ।
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाती समुदायमा महिलाहरुले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहित पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्ग मिसाएर रङ्गाउँदा पशु सुरक्षित हुने र रोगब्याधि नलाग्ने मैथिल जनविश्वास छ ।
पर्वका दिन घरघर गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना ख्वाउने र नयाँ दाम्ला लगाइदिने परम्परा छ । यस दिन घरमा पशुधन हेरचाह गर्ने गोठाला र कृषि कार्यमा सहयोगीका रुपमा रहेका हलीलाई आदर सत्कारसहित निम्ता गरेर वस्त्र फेराउने र विशेष परिकार भोजन गराई दक्षिणा दिने गरिन्छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: