Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

बेमौसमी वर्षाले धानबालीमा क्षति

खबरडबली संवाददाता

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । 

जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए । धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभैँसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताए । यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उनको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए । 

धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी  वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एककाे मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मंगलबार दिउँसो तानसेन–८ गौडे भन्ने स्थानमा ...

सर्वोच्चद्वारा हिमाल आइरनको रिट खारेज, कुलमानलाई १३ करोड असुल्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेक...

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्ल...

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार म...

विप्लव नेतृत्वको नेकपाले उपनिर्वाचनमा भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।  तर पा...

पाँचथरमा आगलागी हुँदा एक घर जल्यो, एक घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...

अमेरिकी राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेज के हो ?

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा ...

विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

काठमाडौं । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वी...

राेल्पामा माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

राेल्पा । श्रीमानले चलाएकाे माेटरसाइकल दुर्घटना हुँदा रोल्पामा श्रीमतीको मृत्यु भएकाे छ ।  मोहन विकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी ...

म्याग्दीमा १२ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy