Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गाडीभन्दा पहिल्यै गुड्थ्याे नेपालमा रेल

साढे छ दशकअघि नै चल्थ्यो भीमनगरदेखि धरानको घोपा र चतरासम्म ढुङ्गेरेल

भीमनगरदेखि धरानको घोपासम्म कुद्ने रेलको सर्दुखोलामा रहेकोे भग्नावशेष ।
खबरडबली संवाददाता

सुनसरी  । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए ।

सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै ताजै छ तर युवापुस्ताले रेल चलेको देख्न पाएनन् ।

नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ । विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो । 

विसं २०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबिच भएको कोशी सम्झौतापछि विसं २०१६ देखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो । 

गाडीभन्दा पहिल्यै रेल गुड्यो

ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकारहरू बताउँछन् । चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव ८५ वर्षीय चन्द्रबहादुर कार्कीसँग रहेकेा छ । उनले उत्साहीत हुँदै भने, “रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।”

४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झन्डा बोक्ने एकरएक जना कर्मचारी हुन्थे । धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने  गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।

प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चक्रघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो ।

५० पटकसम्म रेलमाथि चढेको अनुभव बटुलेका चतराका युवराज भट्टराईले चेप्टा ढुङ्गामाथि भए पनि छुक छुक गर्दै चल्ने रेलमा आफ्ना साथीसँग भीमनगरसम्म पुग्ने गरेको स्मरण गरे । उनले भने, “रेलका डब्बाभरि टनाटन ढुङ्गा, ती ढुङ्गामाथि मान्छे बसेका हुन्थे । हामी मात्रै होइन, रेल चल्ने आसपासका बासिन्दा रेल चढ्न हुरुक्क हुन्थे । ढुङ्गामाथि बसेर रेलमा गरेको यात्रा अविस्मरणीय छ ।”

चोरियो डब्बा र लिक

२०४५ सालमा ढुङ्गेरेल बन्द भएपछि रेलका डब्बा र लिक चोरी भए । अहिले रेल कहाँबाट कुदेको थियो भन्नेसम्म अनुमान लगाउन सकिँदैन । रेल गुडेको केही ठाउँमा बस्ती बसेका छन् । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष देख्न पाइँदैन । ब्यारेजको काम सम्पन्न भएपछि ढुङ्गेरेलको संरक्षण नगरिएकाले यो रेल इतिहासमै सीमित रह्यो । 

गाडी नदेखी रेल चढेका स्थानीयवासीले रेलको कुरा गर्दा गाडी देखेर हुर्किएकाका लागि कहानी जस्तै हुन सक्छ । भीमनगरदेखि धरान रेलवेसम्म र चक्रघट्टीदेखि चतरासम्मको स्थानमा रेल कुदेको कुनै पनि भग्नावशेष बाँकी छैन । स्थानीय भीष्म कार्कीले भने, “बाबुबाजेकै पालामा चलेको रेल बेला बेला हाम्रो पालामा पनि चल्ने कुरा उठिरहन्छ तर यो विषय कार्यान्वयन भएको छैन । हाम्रा छोरानातिका पालामा पनि यस ठाउँमा रेल कुदेको देख्ने चाहना छ ।”

पर्यटकीय सम्भावना 

पहिले रेल कुद्ने क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । ढुङ्गेरेल जस्तै मिनीरेल सञ्चालन गर्न सके कोशीटप्पु वन्यजन्तु आरक्षण, वराहक्षेत्र र रामधुनी, धरान हुँदै भेडेटारसम्म आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने स्थानीयको भनाइ छ । 

होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले चतरा घरनजिकै रेलवे स्टेसन भएकाले फुर्सद हुनेबित्तिकै रेलमा चढेर ब्यारेजसम्म पुग्ने गरेको अनुभव सुनाए । उनले भने, “पुनः रेल चलाउन सके भारतीय पर्यटकको आगमनमा वृद्धि हुन्थ्यो । ओझेलमा परेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पर्यटन विकासमा सहयोग पुग्थ्यो ।”

वराहक्षेत्रका नगरप्रमुख रमेश कार्कीले वराहक्षेत्रमा रेल चलाउन सके पर्यटन प्रवर्धनमा नयाँ युग थालनी हुने बताए । उनले भने, “पहिल्यै रेल चले पनि रेल चल्ने सम्पूर्ण आवश्यक संरचना पुनः तयार पार्नुपर्ने हुँदा स्थानीय तहले मात्रै चाहेर यो सम्भव छैन । प्रदेश, सङ्घीय सरकार वा निजी क्षेत्रले लगानी गर्नुपर्ने र राज्यले रेलसम्बन्धी नीति निर्माण गरेरै कार्यान्वयनमा जानु पर्छ ।” कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले योजना बनाएर रेल सञ्चालन गर्न सकिने बताए । कोशी प्रदेश योजना आयोगका प्रवक्ता त्रिलोचन न्यौपानेले रेलको चर्चा उठे पनि आवधिक पञ्चवर्षे योजनामा नसमेटिएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: