Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ ।

लाहोरमा विहिबार सहरको वायु गुणस्तर सूचक पनि एक हजारको खतरनाक स्तर नाघेको थियो भने शनिबार बिहानसम्म पनि वायु गुणस्तर सूचक ७२३ रहेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा अनावश्यक रूपमा बाहिर निस्कन निषेध गरेको छ ।

पञ्जाब सरकारले शुक्रबार जारी गरेको आदेशमा लाहोर, गुर्जनवाला, फैसलाबाद, मुल्तान, शेखुपुरा र अन्य १२ सहरहरूमा यो प्रतिबन्ध नोभेम्बर १७ सम्म लागू रहने बताइएको छ । सरकारले विद्यालय र कलेज बन्द गरिसकेको छ । लाहोर सहित १८ जिल्लाका सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ ।

पञ्जाब सरकारले गत हप्ता मात्र धुवाँको बारेमा चिन्ता व्यक्त गरेको थियो । यसबाहेक लाहोरका धेरै क्षेत्रमा ग्रीन लकडाउन पनि लागू गरिएको थियो । 

पाकिस्तानको पञ्जाब सरकारले गत वर्ष डिसेम्बर २०२३ मा यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न एउटा प्रयोग गरेको थियो । विश्वको सबैभन्दा प्रदूषित सहर मध्येको एक लाहोरमा कृत्रिम वर्षा गराइएको थियो । यसमा क्लाउड सिडिङ प्रयोगका कारण करिब १० प्रतिशत क्षेत्रमा पानी परेको थियो । तर यो विकल्पले धेरै दिन काम गरेन र २–३ दिनपछि फेरी वायु प्रदूषणको स्तर बढेको थियो ।

पाकिस्तान सरकारले फेरि एक पटक कृत्रिम वर्षा दिने योजना बनाएको छ। तर लागत धेरै उच्च हुने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: