भैरहवा । भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गतको उद्घाटन खेलमा स्टार क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । स्टारले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ५० ओभरको खेलमा २० ओभर १ बल खेल्दै सबै विकेट गुमाई ५७ रनको झिनो योगफल बनायो । उसका लागि भुवन गैरेले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा स्टार क्रिकेटका शुभम खनाल र नरबहादुर सार्कीले ४–४ विकेट लिए । यस्तै, निरज मौर्य र बिजवल बश्यालले १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको स्टार क्रिकेटले ९ ओभर २ बलमा १ विकेट गुमाउँदै ५९ रन बनायो र जित निकाल्यो । उसको लागि आयन खानले २३ तथा राहुल नाउले नटआउट १३ र कृष्ण विकले अविजित ११ रन बनाए । बलिङमा नेपथ्यका सन्तोष क्षेत्रीले १ विकेट लिए । खेलमा नरबहादुर सार्की म्यान अफ द म्याच घोषित भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा
सुपरलिग हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु सुरु भएका छन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रुपन्देही क्रिकेटको उर्भर भूमि भएको बताए । उनले यस्ता खेलहरुकै कारण खेलाडीमा निखारपना आउने जनाउँदै निरन्तर वर्षभरी क्यालेण्डर बनाएर आयोजना गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष हरिबहादुर थापाले क्रिकेटको विकासका लागि लागि परेको बताए । उनले संघले वार्षिक योजना बनाएरै प्रतियोगिता आयोजना गर्ने गरेको जानकारी दिए । उद्घाटनसत्रमा संघका पदाधिकारी तथा सदस्यहरु, अम्पायरहरु, खेलप्रेमी, स्थानीय, बासिन्दा, उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: