Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेस निर्णय

\"congressकाठमाडौं । असन्तुष्ट दलहरु वार्तामा नआएको भन्दै कांग्रेसले संविधान निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।   आज बिहान बसेको कांंग्रेस पदाधिकारी बैठकले दुई दिन कुर्दा पनि आन्दोलनरत दलहरु वार्तँमा नआएको भन्दै अब प्रक्रिया सुरु गर्ने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।   ‘वार्ताका लागि कुरेका हौं तर, उहाँहरु वार्तामा आउँनुभएन’ पौडेलले बैठकपछि भने, ‘अब प्रक्रिया सुरु हुन्छ, हामी असन्नतुष्ट दलसँग पनि प्रक्रियाकैबीच छलफल गरेर जान्छौं ।’   असन्तुष्टलाई कुर्ने बहानामा कांग्रेस पार्टीमै पनि संवैधानिक संकट आउन थालेकोले अब छिटो संविधान टुंग्याउनुपर्ने उनले बताए । असोज ५ गतेसम्म नयाँ संविधान नबने, अन्तरिम सविधान संसोधन नभए कांग्रेसका पार्टीका निकायका सबै तहको समय सकिंदैं्रछ । यस्तो अवस्थाकाबीच अबको एक हप्तामा १३ औं महाधिवेशन हुन सक्ने गरी प्रक्रिया पनि अघि बढेको छैन ।   यद्यपी वार्ताको ढोका बन्द नभएको भन्दै उनले भने, ‘वार्ताको ढोका खुला राखेर प्रक्रिया सुरु गर्ने निर्णय भएको हो ।   दुई दिन अघि संविधान निर्माण प्रक्रिया दुई दिन लम्ब्याए पनि आन्दोलनरत दलसँग औपचारिक वार्ता हुन सकेन ।   अब ११ः ३० बजेलाई संविधानसभाको बैठकमा शीर्ष नेतालले बोलेर विधयेकमाथि भोटिंग गर्ने कार्यतालिका छ । यसअघि आजै प्रमुख तीन दलको बैठक बस्ने भने पनि मधेस केन्द्रित दलसँग वार्ता नभएका कारण सो बैठकसमेत हुन सकेन । आइतबार नै प्रधानमन्त्री सुशील कोइरालालाई एकीकृत नेकपा (माओवादी) का तराई–मधेस केन्द्रित सभासद्हरुले भेटेर सरकारका तर्फबाट आन्दोलनमा दमन भएको गुनासो पोखेका थिए ।   त्यस्तै थरुहट प्रदेशका लागि आन्दोलनरत थारु प्रतिनिधिहरुले आजै प्रधानमन्त्री कोइरालालाई भेटेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए । भेटपछि थारु नेता राजकुमार लेखीले यथास्थितिमा सत्तापक्षसँग कुनै वार्ता नहुने बताउँदै आन्दोलन जारी रहने सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending