Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

खबरडबली संवाददाता

धनगढी। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको हो। शाहको नेतृत्वमा गत साउन २१ गते प्रदेश सरकार गठन भएको थियो। 

यो एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, आर्थिक र प्रशासनिक पक्षमा उपलब्धिमूलक रहेको मुख्यमन्त्री शाहले बताए। यस अवधिमा प्रदेश सरकारले प्रदेशभित्र वित्तीय पारदर्शीता, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व संकलन लगायत नागरिक सरोकारका विविध पक्षहरुमा केन्द्रित रही काम गरेको उहाँको भनाइ छ। 

एक सय दिनको अवधिमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१, अपाङ्गता सम्बन्धी प्रादेशिक नीति २०८१ बनाएको छ। यसैगरी, प्रदेश सभाबाट पाँच वटा ऐन निर्माण भएका छन्। प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८०, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८१ र सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८१, सामयिक राजस्व संकलन सम्बन्धी ऐन २०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक ९पहिलो संशोधन० २०८१ प्रदेश सभाबाट पारित भएको हो। 

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भइ विचाराधिन अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ। यसैगरी, प्रदेश निजामती सेवा नियमावली २०८१ को मस्यौदा तयार गरी सुझावका लागि मन्त्रालयहरुमा पठाएको जनाइएको छ। 

सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८१, सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१–८२ को बजेट र यससँग सम्बन्धित विभिन्न मार्गदर्शन निर्माण गरी सरकारले कार्यान्वयनमा ल्याएको छ। यसैगरी, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको छ। 

सय दिनको अवधिमा ८‍.०२ प्रतिशत बजेट खर्च गरेको सरकारले जनाएको छ। आजको मितिसम्म ३८ करोड ४५ लाख ३० हजार अर्थात लक्ष्यको तुलनामा २३।९३ प्रतिशत राजस्व परिचालन गरेको जनाइएको छ। 

सरकारले भौतिक पूर्वाधारतर्फ एक सय दिनमा १८.५ किलोमिटर सडक कालोपत्रे, २७ किलोमिटर सडक ग्राभेल गरेको छ। यसैगरी, दुई वटा पक्की पुल निर्माण, १६ हजार फिट झोलुङ्गे पुल निर्माणका लागि लट्ठा खरिद, आठ वटा खानेपानी योजना र दुई वटा कभर्ड हल निर्माणको कार्य सम्पन्न गरिएको छ। 

आफूले सोचेको र कल्पना गरेको कुराहरु ७० प्रतिशतमात्रै पूरा भएमा त्यो धेरै उपलब्धि हुने मुख्यमन्त्री शाहले बताए। तोकिएको स्थानमा प्रदेश राजधानी कार्यान्वयन नभएमा त्यसको विकल्प खोज्न ढिला गर्न नहुने उनले उल्लेख गरे। 

हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने उल्लेख गर्दै मुख्यमन्त्री शाहले सबैको सहमतिमै राजधानी तोक्ने बताए। त्यस्तै, सेती प्रादेशिक अस्पताललाई संघमा हस्तान्तरण गरी त्यसलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गाभ्ने र शैक्षिक कार्यक्रम अगाडि बढाउने गरी प्रक्रिया थालेको जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending