Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सुशीलकाे अडानले अझै सुरू भएन संविधानसभा

\"BICC-Nepal\"काठमाडौं । कांग्रेस र एमालेले संविधान निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय गरे पनि संविधानसभा बैठक अझै सुरु हुन सकेको छैन ।   बिहान तीन दलको बैठक बस्ने र शीर्ष नेताले सम्बोधन गर्ने अनि संविधानका विषयमा भोटिङ गर्ने निर्णय गरे भए पनि बिहान तीन दलको बैठक बस्न सकेन । ११ बजेर ३० मिनेटमा बैठक हुने बताइए पनि अझै सुरु हुन नसकेको हो ।   असन्तुष्ट दलसंग वार्ता हुन नसकेपछि कांग्रेस र एमालेले आज बिहान पदाधिकारी बैठक गरी प्रक्रिया सुरु गर्ने निर्णय गरेका थिए । अहिले शीर्ष दलका शीर्ष नेताहरु छलफलमा छन् । उनीहरुको छलफलपछि शीर्ष नेताले सम्बोधन गर्ने र भोटिंग प्रक्रिया अघि बढाउने वा नबढाउने भन्नेमा अझै टुंगो लागेको छैन ।   कांग्रेसले प्रक्रिया अघि बढाउने निर्णय गरे पनि प्रधानमन्त्री कांग्रेस सभापति सुशील कोइराला अझै केही दिन प्रक्रिया लम्ब्याउने पक्षमा छन् । तर, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रक्रिया सुरु गर्नुपर्ने गर्नुपर्ने अडानमा छन् ।   संविधानसभा भवन नयाँ बानेश्वरमा शीर्ष नेताहरु छलफलमै व्यस्त छन् । कोइरालाको अडानपछि आज शीर्ष नेताहरुले संविधानका विभिन्न विषयमा उठेका विभिन्न प्रश्नमा उनीहरुले जवाफ दिने कार्यक्रम छ । प्रक्रिया सुरु हुन ढिलाई भएपछि शीर्ष तीन नेताले बोल्ने र पुनः केही दिन प्रक्रिया लम्ब्याउने पक्षमा नेताहरु छन् ।   शनिबार राष्ट्रपति डा. रामवरण यादवले केही दिन थपेर भए पनि असन्तुष्ट दललाई सहमतिमा ल्याएर मात्र संविधान निर्माण प्रक्रिया अघि बढाउन प्रधानमनन्त्री कोइरालालाई दबाब दिएका थिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies