रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म विशेष पूजाआजा हुन्छ र भव्य मेला लाग्छ । मेलाको अन्तिम दिन लाग्ने भव्य मेलाको बिचमा प्रस्तुत गरिने सगाल नाच यो मेलाको विशेष आकर्षण हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मुसीकोट नगरपालिका–७ साँख गाउँबाट आउने सगालहरुको लठ्ठी नाचपछि औपचारिक रूपमा डिग्रे मेला सकिन्छ । सगालहरु मन्दिर परिक्रमा गरेर बाजागाजासहित मन्दिर परिसरको चवरमा लठ्ठी नाच गर्छन् । हात–हातमा लिइएका लामा र ठुला लठ्ठी जुधाएर बाजाको तालमा नचाउने गरिन्छ ।
एउटा किंवदन्ती छ, “मन्दिर रहेको थर्पु गाउँका गौतमहरूले चराउन लगेका गाई घर फर्कन मानेन । साईँकुमारी भगवती देवीले दुध चढाउन आग्रह गर्नुभयो । दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको हो ।”
यही शक्ति र आस्थाको कारण हरेक दिन गाईको दुध देवीका लागि र हरेक एक वर्षमा देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने चलन सुरु भयो । देवीको सुरक्षाका लागि लठ्ठी नाच समेत नाच्न थालियो । यही नाच मेलाको मुख्य आकर्षण बनिरहेको छ ।
यस बेलामा हजारौँ दर्शनार्थी अन्न, धन र सन्तान प्राप्तिको विश्वासका साथ मन्दिरको दर्शन गर्न आउने गरेको बताइन्छ । साईँकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: