काठमाडौँ । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।
एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी गरी भारतीय अखबार ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भएको भन्दै आपत्ति जनाएका हुन् ।
दाहालको टिप्पणी तथ्यविहीनमात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको उल्लेख गरेका छन् ।
“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा यस प्रकारका टिप्पणीहरूले कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गर्नुका साथै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित समेत गर्ने जनाइएको छ । “प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति हो, जसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक छ । दाहालका यस्ता टिप्पणीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण साझेदार मित्रराष्ट्र भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम निम्त्याउँछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेपालले दुवै राष्ट्रसँग निर्माण गरेको सुदृढ, सन्तुलित र सम्मानजनक सम्बन्धलाई कमजोर पार्दछन्”, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक परिपक्वता र नेतृत्व दक्षता देखाउँदै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीतिमा व्यावहारिकता, संयम र सन्तुलनको उदाहरण प्रस्तुत गरेको र उनको नीतिले भारत तथा चीन दुवैसँगको पारस्परिक सम्मान र सहकार्यलाई थप प्रगाढ बनाएको विज्ञप्तिमा बताइएको छ ।
“परराष्ट्र नीति कुनै राजनीतिक स्वार्थको विषय बन्नु हुँदैन । यसले विवेक, गम्भीरता र राष्ट्रिय जिम्मेवारीको माग गर्दछ । नेपालको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्रसङ्घको चार्टरका सिद्धान्तहरूमा आधारित छ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नसमेत एमालेले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - ०८:१८
भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...
चैत्र २३ गते, २०८२ - ०८:१५
काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...
चैत्र २३ गते, २०८२ - ०८:०६
काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...
चैत्र २३ गते, २०८२ - ०८:०१
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...
चैत्र २३ गते, २०८२ - ०७:५८
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...
चैत्र २३ गते, २०८२ - ०७:५१
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...
चैत्र २३ गते, २०८२ - ०७:४५
काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...
चैत्र २३ गते, २०८२ - ०७:३५
चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...
चैत्र २३ गते, २०८२ - ०७:२८
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...
चैत्र २३ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: