सुनसरी । पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ।
‘केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो। श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन’, उनले भने, ‘अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो।’
उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृती पार्कमा भेटिए। उनले भने, ‘सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो।’
भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका ‘एसडिबी’, ‘रकगार्डेन’, ‘चिल्ड्रेन पार्क’लगायतका संरचना छन्। हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको यहाँ आन्तरिक र बाह्य पर्यटक दिनहुँ आउने गरेका छन्। ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ।
हाल पार्क आसपासमा होटल सञ्चालित छन्। दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले बताए।
होटल व्यवसाय गर्दै आएकी सविता राईले भनिन्, ‘पछिल्लो समय यस ठाउँमा पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापागायत विदेशबाट पर्यटक घुम्न आउने गरेका छन्।’
श्रम सस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन्। श्रमदानबाट श्रम संस्कृति पार्कसँगै अन्य पार्कहरु निर्माण गरिएका छन्। यस क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार सबै पार्कलाई एकीकृत गरी प्रवर्द्धन गरिनुपर्ने प्रतिनिधिसभा सदस्य जयकुमार राईले बताए।
धरान उपमहानगरपालिका–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो। प्रदेश सरकारको रु ४० लाख बजेटमा एक किलोमिटर सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको भएको उक्त वडाका वडाध्यक्ष नेत्र काफ्लेले बताए।
यस पार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको सुझाव छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०७:१५
स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...
पौष १८ गते, २०८२ - ०७:१३
कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सब...
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...
पौष १७ गते, २०८२ - ०९:०१
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...
पौष १७ गते, २०८२ - ०८:१४
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...
पौष १७ गते, २०८२ - ०८:१०
काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...
पौष १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...
पौष १७ गते, २०८२ - ०८:०१
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...
पौष १७ गते, २०८२ - ०७:५२
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...




प्रतिकृया लेख्नुहोस्: