काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्धलाई उक्साएको आरोप लगाएको छ ।
रुसको यो आरोप यस्तो बेला आएको हो जब अमेरिकाले रुस भित्र आक्रमण गर्न युक्रेनलाई लामो दुरीको सुपरसोनिक मिसाइल उपलब्ध गराउने तयारी गरिरहेको खबर बाहिर आएको हो । रुसले युक्रेनले रुसभित्र लामो दुरीको मिसाइल आक्रमण गरेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।
राष्ट्रपति बाइडेनले युक्रेनलाई रुस भित्र आक्रमण गर्न लामो दूरीको सुपरसोनिक मिसाइल अर्थात् ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमोदन गरेको दाबी गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार युक्रेनले यसअघि पनि एटीएसीएमएसको प्रयोग गर्दै आएको थियो तर यो प्रयोग सीमा क्षेत्रमा मात्र सीमित थियो तर अब अमेरिकाले रुस भित्र पनि आक्रमणका लागि ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ । यसले रुस–युक्रेन युद्धमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् ।
एटीएसीएमएस सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ । लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्छ । वास्तवमा यो मिसाइलले युक्रेनले रुसको सैन्य हवाई अड्डालाई निशाना बनाइन सक्ने बताइएको छ ।
अमेरिकाको यो निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै रुसी सरकारले आफ्नो विज्ञप्तिमा निवर्तमान अमेरिकी सरकारले युद्ध भड्काउन खोज्नु स्वभाविक भएको बताएको छ । रुसी सरकारले भनेको छ, ‘राष्ट्रपति पुटिनले सेप्टेम्बरमा नै रुसविरुद्ध मिसाइलको प्रयोगले रुस र नाटोबीच युद्ध हुने स्पष्ट पारेका थिए । युक्रेनले लामो दुरीको मिसाइल प्रयोग गर्नुको अर्थ अमेरिका यस युद्धमा प्रत्यक्ष संलग्न भएको हो । यसपछि हामी आवश्यक र कडा कदम चाल्नेछौं ।'
रुसले युक्रेनी मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर आएका बेला अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: