काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन कसुरमा मुद्दा चलाउने तयारी गरको छ।
प्रसाईंविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सीआईबीले तयारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ। प्रसाईंसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ।
सीआईबीको टोलीले प्रसाईंलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो। उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिने भएको छ।
प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए। विभिन्न व्यक्तिलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए। उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ४ गते, २०८१ - १६:३१
गोरखा । गोरखाको बारपाकमा एक घर आगालागीमा परेर नष्ट भएको छ। गएराति साढे ८ बजे भएको आगलागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर न...
मंसिर ४ गते, २०८१ - १४:५०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण त...
मंसिर ४ गते, २०८१ - १४:४७
तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले...
मंसिर ४ गते, २०८१ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगले यसका लागि कार्तिक २६ गत...
मंसिर ४ गते, २०८१ - १३:५७
काभ्रे। काभ्रेको बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत प्रदान गरेको छ । समाजले ब...
मंसिर ४ गते, २०८१ - १३:५३
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन कसुरमा मुद्दा चलाउने तयारी गरको छ...
मंसिर ४ गते, २०८१ - १३:२६
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै उ...
मंसिर ४ गते, २०८१ - १३:१४
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य ।...
मंसिर ४ गते, २०८१ - १३:०८
बागलुङ । चारैतिर अग्ला पहाड। कतै खोँच त कतै समथर जमिन। बस्ती नजिकै जंगल। बागलुङ तमानखोला गाउँपालिका-६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स...
मंसिर ४ गते, २०८१ - १२:४१
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई पक्राउ गरेको हो। नक्क...
प्रतिकृया लेख्नुहोस्: