हेटौंडा । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरूका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् ।
मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । अहिले दैनिक ६० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका बिरामी आउने गरेका उनले बताए ।
जिल्लाको मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पतालमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता चिसो बढेपछि हेटौँडासहित जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - १५:५८
झापा । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १...
मंसिर १२ गते, २०८१ - १५:४९
क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह ग...
मंसिर १२ गते, २०८१ - १५:४१
हेटौंडा । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतल...
मंसिर १२ गते, २०८१ - १५:३५
सर्लाही । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन्। जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम ...
मंसिर १२ गते, २०८१ - १५:३३
काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । ९ अर्ब ३१ ...
मंसिर १२ गते, २०८१ - १५:१८
काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अ...
मंसिर १२ गते, २०८१ - १५:१६
भैरहवा । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानक...
मंसिर १२ गते, २०८१ - १५:१४
कालीकोट । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कालीकोट जिल्लाको आर्थिक उन्नति र प्रगतिको लागि पहिलो कालीकोट महोत्सव...
मंसिर १२ गते, २०८१ - १५:१०
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि 'गायब' हुँदैछन् जस्तो...
मंसिर १२ गते, २०८१ - १५:१०
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि 'गायब' हुँदैछन् जस्तो...
प्रतिकृया लेख्नुहोस्: