Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

क्रोसियमा नेपाली दूतावास स्थापना गर्न माग

खबरडबली संवाददाता

क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह
गरेका छन्।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मासँग मंगलबार जाग्रेबमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले क्रोएशियामा नेपालीहरूको जनघनत्व बढ्दै गएको र त्यसको परिणामस्वरूप यहाँ नेपाली दूतावासको आवश्यकता पनि स्पष्ट रूपमा महसुस गरिएको बताए।

कार्यक्रममा बोल्दै डा. शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्दै आएका नेपाली र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।”

डा. शर्माले थपे, “संस्था बढ्दै जान्छ, चुनौतिहरु पनि थपिन्छन्। हामी यसको समाधानका लागि तयार छौं र संस्थामा भएका  असन्तुष्टिहरूलाई सम्बोधन गरेर आगामी महाधिवेशन आयोजना गर्ने तयारीमा छौं।” उनले सबै राष्ट्रिय समितिहरूलाई केन्द्रको विवादमा नपर्ने अपिल पनि गरे।

गैरआवासीय नेपाली संघ (क्रोएशिया) का अध्यक्ष साइमन लामाले क्रोएशियामा करिब ३०,००० नेपालीहरु बसोबास गर्दै आएको जानकारी दिए। उनले क्रोएशियामा नेपाली दूतावासको अभावका कारण राहादानी र कन्सुलर सेवामा असुविधा भइरहेको उल्लेख गरे। क्रोएशिया स्थित नेपालीहरूलाई अष्ट्रियास्थित नेपाली दूतावासले सेवा प्रदान गर्दै आएको भए
पनि कर्मचारी अभावका कारण पर्याप्त सेवा प्रदान गर्न नसकेको उनले बताए।

लामाले थपे, “क्रोएशियामा वर्क परमिटमा आएका नेपालीहरूले समयमै तलव नपाउने र कामको ग्यारेन्टी नभएको समस्याको सामना गरिरहेका छन्। यहाँ नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसैले नेपाली दूतावासको तत्काल स्थापना गर्नका लागि एनआरएनएलाई पहल गरिदिन अनुरोध गर्दछु।”

कार्यक्रममा डा. शर्माले गैरआवासीय नेपाली संघले अन्य देशका लागि दूतावास स्थापना गर्न जस्तै क्रोएशियाका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएनए क्रोएशियाका सल्लाहकार कमल मान गुरुङ, दावा लामा, महिला उपाध्यक्ष रञ्जु चौहान, महासचिव हरि घिमिरे, कोषाध्यक्ष दुर्गा अधिकारी, सहकोषाध्यक्ष रबिना थिङ, सदस्य प्रकाश बोहोरा, विकास मेचे, धर्मलाल दास, आकृति घिमिरे, जेनिफर श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

स्वास्थ्यमा सरुवाः कसको कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending