Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

माओवादीसँग लड्न पाँच पदमा कांग्रेस-एमालेको गठबन्धन

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न अहिले मतदान चलिरहेको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

यस्तै वडाध्यक्षमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- ३, झापाको कन्काई नगरपालिका- ६, तेह्रथुमको लालिगुराँस नगरपालिका- ८, सुनसरीको गढी गाउँपालिका- ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ५, उदयपुरको त्रियुगा नगरपालिका- १२ र बेलका नगरपालिका- ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४, धनुषाको धनुषाधाम नगरपालिका - १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहतको ईशनाथ नगरपालिका - ७, रौतहटका राजपुर नगरपालिका- ६ र गढीमाई नगरपालिका- ८ मा निर्वाचन हुनेछ।

काठमाडौँको काठमाडौँ महानगरपालिका - १६, कीर्तिपुर नगरपालिका- १ र ४, नुवाकोटको ककनी गाउँपालिका- २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका - १२, गोरखाको गोरखा नगरपालिका- ५, गुल्मीको मुसिकोट नगरपालिका- १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १, रोल्पाको रुन्टीगढी गाउँपालिका- ४, बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका- ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

दैलेखको दुल्लु नगरपालिका- १३, जाजरकोटको कुसे गाउँपालिका- ७, कालीकोटको तिलागुफा नगरपालिका - ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५, बझाङको सूर्मा गाउँपालिका- ४, डोटीको पूर्वीचौकी गाउँपालिका- ६, दार्चुलाको दुहुँ गाउँपालिका- ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका- ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यो उपनिर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने घोषणा गर्दै आएका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले पनि माओवादीसँग लड्न चुनावी गठबन्धन गरेका छन्। कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र दुई वडाध्यक्ष गरी पाँच पदमा एक अर्कालाई सघाउने नीति लिएका छन्। 

खासगरी माओवादी केन्द्रको गढ मानिने ठाउँमा कांग्रेस–एमालेले तालमेल गरेका छन्। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन। 

त्यहाँ उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि कांग्रेसको चुनाव चिह्न लिएकी छन्। उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने सहमतिअनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो।

यो पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दै छन्। वडाध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोग गर्ने नीति लिएको छ। 

यो पालिकाको उपाध्यक्ष पदमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएर रूख चिह्नबाट चुनाव लडाएको हो। वडा नम्बर २ का वडाध्यक्ष पदमा एमालेका जीवन रोका उम्मेदवार बनेका छन्। उनी भने सूर्य चिह्नबाटै चुनाव लड्दै छन्। 

गत आवधिक निर्वाचनमा पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी एक्लै लड्दा पनि दुई हजारभन्दा बढी मतान्तरले जितेको थियो। माओवादीका भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसकी कमला मल्लले दुई हजार १० र एमालेकी धर्म घर्तीले एक हजार ८१२ मत पाएका थिए। 

उपाध्यक्ष बुढाको निधनपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेस–एमालेले तालमेल गरेका हुन्। गत निर्वाचनकै परिणामलाई आधार मान्ने हो भने कांग्रेस–एमालेबीच तालमेल हुँदा पनि माओवादीकै जित निश्चित देखिन्छ। 

यसैगरी रुकुम पश्चिमको सानोभेरीमा पनि कांग्रेस–एमाले मिलेका छन्। सानोभेरी गाउँपालिका-५ को अध्यक्षमा कांग्रेसका मोतीराम खत्रीलाई सघाउने गरी उम्मेदवारी दिएको छैन। 

सानोभेरीको गत आवधिक निर्वाचनमा पनि कांग्रेस एमालेबीच तालमेल भएको थियो। कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवार उठाएका थिए तर दुबै पदमा माओवादी विजयी भएको थियो।  

वडा नम्बर ५ को अध्यक्षमा एमालेले सघाउँदा कांग्रेसका अलबहादुर खत्री विजयी भएका थिए। उनको निधनपछि हुन लागेको उपनिर्वाचनमा पनि एमालेले कांग्रेसलाई नै साथ दिन लागेको हो। 

कांग्रेस र एमालेबीच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ। यी दुबै जिल्लामा एमालेले उम्मेदवारी नदिएपछि कांग्रेसबाट जिसस प्रमुख सर्वसम्मत भइसकेका छन्। 

रुकुम पूर्वी भागपुगा उत्तरगङ्गा गाउँपालिका- २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending