Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आईपिएस प्रभातको कडा एक्सन: रक्सौलबाट २ अपराधी पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ।

नेपालको आर्थिक राजधानीको रूपमा परिचित बिरगंजसँग जोडिएको भारतीय सहर रक्सौलमा भारु ४२ लाखको लागुऔषध बरामद गरेको केही समय न बित्दै प्रहरीले भारु ३५ हजारको ईनामी अपराधी सहित २ जना लाई पक्राउ गरेको छ। लामो समयदेखि फरारको सुचिमा रहेका अपराधीहरू एसपी प्रभातको कडाई पछी धमाधम हाजिर हुन थालेका छन्।

रक्सौल स्थित प्रहरीले ईनामी अपराधी सहित दुईजना लाई पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा प्रहरी र एएलटीएफले संयुक्त अपरेशन मार्फत भारतीय सीमाना नजिकै इनामी अपराधी सहित दुई जनालाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारु ३५ हजार रुपैयाँको इनामी अपराधी रक्सौल भन्दा १० किलोमिटर टाढा रघुनाथपुर गाउँ घरभएका  मोहन साहनीका छोरा २५ बर्षीय अमीर साहनी रहेको मोतीहारीका एसपी सुवर्ण प्रभातले बताएका छन्।

उनीसँगै अर्का अपराधी पश्चिम चम्पारण जिल्ला मझौलिया गाउँका बागड साहनीका छोरा देवानन्द साहनी रहेको एसपी प्रभातले जानकारी दिएका छन्। उनीहरूले  कालो रङको रङको स्कार्पियो गाडीमा बिरगंजबाट ठुलो परिमाणमा नेपाली बिभिन्न ब्राण्डको मदिरा ल्याउँदै गरेका थिए। एसपी प्रभातको निर्देशनमा मोतीहारी जिल्ला भरिनै प्रहरीले मदिरा तस्करी विरुद्धको अभियान नै सञ्चालन गरेको छ। केही दिन अघि मात्र रक्सौल प्रहरी थाना र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित बिरगंजका राजा हुसैन लाई  पक्राउ गरेको थियो।

तिनसाता अघी मोतीहारी जिल्ला प्रहरी प्रमुखको रूपमा एसपी सुवर्ण प्रभातले कार्यभार सम्हाले पछि तस्कर तथा अपराधी माझ खैलाबैला मचेको छ। एसपी प्रभातको निर्देशनमा लामो समयदेखि फरारको सूचीमा रहेका अपराधीलाई पक्राउ गर्न मोतीहारी प्रहरीले एउटा अभियान नै चलाएको छ। अभियान अन्तर्गत सामो अवधिमा १०० भन्दा बढी अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी एसपी प्रभातको कडा एक्सन पछी तस्कर र अपराधीको भागाभाग भएको एकजना स्थानिय समाजसेवी दिलीप कुमार सर्राफले बताएका छन्। एसपी प्रभातको आगमन पछि मोतीहारी जिल्लाका सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरूको सेवाग्राही संग को ब्यवहार परिवर्तन भएको छ। कुनै पनि काम लिएर जाने सेवाग्राही संग स्वयं ईकाई प्रमुख भेटेर पहिले पानी ख्वाउने र त्यसको समस्या सुन्न एसपिले निर्देशन दिएका छन्।

एसपी सुवर्ण प्रभात स्वयं पनी उक्त नियमको पालना गर्दै दैनिक दर्जनौं सेवाग्राही संग भेटिरहेका छन्। यस अघि त्यहाँका थाना प्रमुख ठूला दलका नेताहरु संग मात्र भेट्ने सर्वसाधारण सेवाग्राही संग तलो तहका प्रहरी कर्मचारी मात्र भेट्ने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका थिए।३४ बर्षीय आईपिएस अफिसर प्रभात सर्वसाधारण जनता संग जोडिए पछी मात्र उनको बास्तविक समस्या बुझेर समाधानको उपाय खोज्न सकिने बताएका छन्। उनको कार्यकुशलता मोतीहारी जिल्लाको लागी एउटा छुट्टै उदहारण बनेको त्यहाँका सञ्चारकर्मीहरुको भनाई रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...

सरकारी टोलीले अनुगमन गर्याे कांग्रेस पार्टी कार्यालय

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...

सरकारी टोलीले अनुगमन गर्याे एमालेको कार्यालय

काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पादक: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending