काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको अनुगमनका क्रममा ती विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।
महानगरपालिकाले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।
अनुमति प्राप्त गरे पनि हाल सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ। महानगरले ती विद्यालयहरूको सूची सार्वजनिक गर्दै यदि कुनै विद्यालय वास्तवमै सञ्चालनमा रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
निर्धारित समयभित्र सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि महानगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले जनाएको छ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाले अनधिकृत तथा नाम मात्रका विद्यालय हटाई शिक्षा क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: