Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

रवि लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै मध्यराति हिँडाएको पुष्टि

पोखरामा पुर्‍याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९०

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै प्रहरीले मध्यरातमा चितवनबाट पोखरा पुर्‍याएको पाइएको छ । 

बिहीबार राति ३ बजे पोखरा पुर्‍याएपछि गरिएको स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप देखिएपछि प्रहरीले लामिछानेको स्वास्थ्य अवस्था ख्याल नगरी रातारात हिँडाएको पाइएको हो । बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याइएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयको टोलीले शुक्रबार साँझ लामिछानेसँग भेटेर सोधपुछ गर्दा उनको स्वास्थ्य अवस्थाबारे नयाँ तथ्यबाहिर आएको हो । आयोगका अधिकारीका अनुसार चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९० थियो । कार्यालय प्रमुख नितु गर्तौला र मानव अधिकार अधिकृत टंक खनालले लामिछानेसँग सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै थिए ।

हाल रक्तचाप सामान्य रहेको लामिछानेले मानव अधिकार आयोगको टोलीसँग बताएका छन् । चितवनमा स्वास्थ्य जाँच गर्न माग गरे पनि प्रहरीले कास्की पुगेपछि मात्रै स्वास्थ्य परीक्षण गराएको लामिछानेले आयोग अधिकारीहरूसँग गुनासो गरेका छन् । 

लामिछानेले चितवनबाट पोखरा ल्याउने क्रममा आफूमाथि अमानवीय व्यवहार भएको र सूचनाको हकको समेत हनन गरिएको बताएका छन् । 

‘भोलिपल्ट पोखरा ल्याउने कुरा हुँदाहुँदै अचानक राति ल्याइयो । सञ्चो छैन, औषधि खाएको छु, चेक गरौँ भन्दाभन्दै पनि गरेनन् । टाउको दुखेर बिहानैदेखि औषधि सेवन गरेको थिएँ । तनाव नै थियो । घरपरिवार र वकिललाई जानकारी गराउँ भन्दा पनि नगराई लिएर आए,’ लामिछानेले आयोगको टोलीसँग भनेका छन्, ‘बाटोमा केही घटना भएको भए के हुन्थ्यो ? पटक–पटक घरमा र वकिललाई सूचना गरिदेऊ भन्दा पनि गरेनन् ।’

अनुसन्धानबारे जानकारी पाउनु हरेक नागरिकको अधिकार भएको खनालले बताए । ‘हरेक नागरिकको सूचनाको हक हुन्छ । हिरासतमा रहेका व्यक्तिले आफ्नो अनुसन्धान कहाँ पुग्यो, कहाँ लैजाँदै छ भनेर जान्न पाउँछ । स्वास्थ्य त झनै संवेदनशील कुरा भयो,’ खनालले नयाँ पत्रिकासँग भने । 

लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार नै मानव अधिकार हनन भएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएकी छिन् । सोही उजुरीपछि लामिछानेसँग सोधपुछका लागि आयोगको टोली गएको खनालले बताए । ‘उजुरी परेको विषयमा जानकारी लियौँ ।सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै हुनुहुन्थ्यो । सोधपुछका आधारमा भोलि (आइतबार) आयोग केन्द्रमा प्रतिवेदन पठाउँछौँ,’ उनले भने । 

खनालका अनुसार दुव्र्यवहार भएको विषय आयोगले हेर्नुपर्ने लामिछानेको माग छ । मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरातमा दुव्र्यवहार गरेको लामिछानेले आयोगको टोलीसँग बताएका छन् । ‘राति सुतिराखेको अवस्थामा चार–पाँचजना आएका थिए । एकजनाले मादक पदार्थ सेवन गरेको जस्तो थियो । मैले कुरा उठाएपछि एकजना त्यहाँबाट भागे,’ लामिछानेले आयोग टोलीसँग भनेका छन् । 

लामिछानेले माथिल्लो निकायको आदेशमा आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् । पोखरा प्रहरीसँग गुनासो नभएको र चितवन प्रहरीले पनि माथिको आदेश पालना गर्दा अमानवीय व्यवहार भएको लामिछानेको भनाइ छ । 

‘माथिको आदेशअनुसार ममाथि दुव्र्यवहार भएको भन्ने छ । सुरुमा भोलिपल्ट पोखरा आउने भनिएको थियो । सोहीअनुसार आराममा थिएँ । एक्कासि पोखरा जाने कुरा आयो । आइजीकै ठाडो आदेशमा यस्तो भएको हो भन्ने सुनेको छु । छानबिनमा सत्य–तथ्य बाहिर आउला,’ खनालले लामिछानेको भनाइ उद्धृत गर्दै भने । 

रास्वपाले सभापति लामिछानेलाई अनुसन्धानका नाममा यातना दिएर सरकारले मानव अधिकार हनन गरेको आरोप लगाएको थियो । सरकारी निर्देशनमा लामिछानेलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याएको रास्वपाको दाबी छ । आफन्त र कानुन व्यवसायीलाई जानकारी नदिई मध्यरातमा शंकास्पद तरिकाले हिँडाउँदा थुनुवाको आधारभूत मानव अधिकार हनन भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन् ।

लामिछानेलाई पोखरा हिरासतमा पुगेर शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र शनिबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले भेटेका छन् । भट्टराईले लामिछानेमाथि प्रतिशोध साधिएको बताएका छन् । शाहीले लामिछानेको मानव अधिकार हनन भएको प्रतिक्रिया दिएका छन् । रास्वपाले राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सबैसँग अपिलसमेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending