काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
रोमाञ्चक र सनसनीपूर्ण खेलमा जितका लागि एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाए । उनले ३८ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाएको हो । यस्तै टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
बलिङमा जनकपुरका हर्ष थाकरले पाँच विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिएर पाँच विकेट लिएको हो । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए।
उनले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिए। उनले पूरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: