Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक, सुदूरपश्चिम ३३ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौँ। बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ । 

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३१ रन बनायो ।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै ओपनर सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०र१० रन बनाए ।

बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई दुई विकेट लिए। रन्जित कुमार र सोहिल तनवीरले एक एक विकेट झारे। 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले।

उहाँले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाए । 

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरध...

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले  अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभ...

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो । जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिं...

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं। सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थिय...

अमेरिकी राष्ट्रपतिमा निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिन्थे !

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि द...

स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं। स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिम...

प्रधानमन्त्री कप : एपिएफको सानदार जित

काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदशेमाथि सानदार जित निकालेको छ । धनगढीस्...

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बत...

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएको छन। प्रधानमन्त्री ओलील...

बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी। क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् । पछिल्लो समय बाक्लै आयोजना हुँद...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy