Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

पाल्पामा विद्यार्थीले उत्पादन गरे गहत

खबरडबली संवाददाता

पाल्पा । रामपुर नगरपालिकाको सीता माध्यमिक विद्यालयका विद्यार्थीले दलहन खेती गरेका छन् । लामो समयदेखि उपयोगमा नआएको जमिनलाई सदुपयोग गर्दै विद्यार्थीलाई व्यावहारिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले गहत खेती गराएको हो । 

विद्यार्थीले यस वर्षबाट तीन रोपनी क्षेत्रफलमा गहत खेती गरेका छन् । गत वर्ष कम क्षेत्रफलमा खेती गरेका विद्यार्थीले यस वर्ष झण्डै एक क्विन्टल गहत उत्पादन गरेको विद्यालयका प्रधानाध्यपक नारायणप्रसाद खनालले बताए । गहत खेती परम्परागत खेती भएपछि पछिल्लो समय हराउने अवस्थामा पुगेको र घरेलु उपचार पद्दतिमा उत्तिकै महत्व रहेकाले बढी मूल्यमा विक्री गर्न सकिने भएपछि गहतको खेती गरिएको प्रधानाध्याक खनालले बताए । 

रामपुर नगर सरकारका प्रमुख रमणबहादुर थापा विद्यार्थीको अतिरिक्त क्रियाकलापबाट उत्प्रेरित भएको बताउँदै आउने वर्षमा प्रविधिक सहयोग गर्ने बताए । अतिरिक्त क्रियाकलाप अन्तर्गत गहतखेतीको माध्यम कृषिको व्यवहारिक ज्ञान सिक्ने अवसर प्राप्त भएको कक्षा १० का विद्यार्थी अनिल सिंहले बताए । उत्पादन भएको गहत प्रतिकिलो १ सय ६० रुपियाँको दरले विक्री हुन्छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर सेनले आगामी वर्ष स्थानीयसँग समन्वय गरी अम्रिसो, अदुवा र बेसार खेती समेत गर्ने योजना रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...

सुनसरीमा करेन्ट लागेर बुवाको निधन, छोरा घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४  मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...

माओवादी केन्द्रमा प्रवेश गर्नेले छाडेको पार्टीकै पद पाउने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।   वाम एकता ...

बाँकेमा पानीले बेर्ना कुहिएपछि दोस्रो पटक आलु रोपियो

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...

लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार : संयुक्त राष्ट्रसंघ

 त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको ...

रुसकाे मस्को विस्फोटमा रुसी जनरल मारिए

रसिया । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको...

श्रीलङ्कामा नयाँ सभामुखमा चयन

कोलम्बो । श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।  व...

इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो

जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्...

अमेरिकाको एक विद्यालयमा १७ वर्षीया किशोरीद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

काठमाडौं । अमेरिकाको विस्कन्सिनको एक निजी क्रिस्चियन स्कुलमा १७ वर्षीया किशोरीले एक शिक्षिका अर्का एक किशोरको गोली हानी हत्या गरेकी छन् । सो गोलीकाण्ड...

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी

बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समू...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy