Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सरकार ढल्नसक्ने प्रधानमन्त्री ओलीद्वारा संकेत !

खबरडबली संवाददाता

काठमाडौं । आफू नेतृत्वको सरकारको आयु आफैंले तोक्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार ढल्नसक्ने’ संकेत गरेका छन् । सत्तारूढ दलले साथ छोड्ने ‘डर र त्रास’मा रहेका प्रधानमन्त्री ओलीले सरकारको आयु आफैं तोक्दै सत्तारूढ दललाई फकाउने गरेका छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्न खोजेका प्रधानमन्त्री ओलीलाई सत्तारूढ दलबाट साथ मिलेको छैन । चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयवन गर्ने विषयमा ऋण लिनेसमेत प्रधानमन्त्री ओलीको चाहना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले ऋणमा नभई अनुदानमा सो परियोजना लागू गर्नुपर्ने अडान अझै जारी नै छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस नेताका बीचमा दूरी बढदै गइरहेको छ । छिमेकीले समेत अहिलेको सरकारलाई नरुचाएको चर्चाका बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

ओलीको चीन भ्रमण नसकिँदै नेपाल भ्रमणमा आएका लुले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसम्मलाई भेटघाट गरे । तर, प्रधानमन्त्री ओलीलाई भने भेट्न चासो देखाएका छैनन् । लुले नभेट्ने संकेत दिएसँगै ओली विभिन्न कार्यक्रम बनाएर गृहजिल्ला झापातर्फ लागेका हुन् ।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीको मनभित्र सत्तारूढ कांग्रेसले ‘गडबड’ गर्ला कि भन्ने भय र त्रास रहेको देखिन्छ । त्यसैले, उनले सरकार ढल्ने संकेत गर्दै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।

बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिनुपर्ने अवस्था रहेकाले त्यसको तयारीमा रहन निर्देशन दिए । एमाले एउटा क्रान्तिकारी पार्टी भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ, हामी सजग, संगठित र आन्दोलनकारी हुनुपर्छ, कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन, सडकमा उत्रिन सधैं तयार हुनुपर्छ ।’

उनले मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, संगठित एवं सक्रिय हुनुपर्ने बताए । तर, सरकारको नेतृत्व आफंैले गरेका ओली आफैं भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको विपक्षी दलका नेता प्रचण्डलगायतले आरोप लगाउँदै आएका छन् । ओलीले झापा विद्रोहलाई गौरवशाली इतिहास भन्दै कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शान्तिपूर्ण आन्दोलनमा समेत क्रान्तिकारीजस्तो उभिनुपर्ने बताए ।

एमालेका विरुद्धमा देशी विदेशी शक्ति लागेको टिप्पणी गर्दै उनले मुलुकमा अस्थिरता, अराजकता फैलाउन केही व्यक्तिहरू लागेको आरोपसमेत लगाए । पार्टीका नेताकार्यकर्ताले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्नुपर्ने उनले बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।

उता, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले बीआरआई परियोजना ऋणमा नभई अनुदानमा मात्रै स्वीकार गर्ने अडान दोहो¥याएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending