धनगढी। कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।
छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा उनीहरुको निधन भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–३ का ४० वर्षीय चौधरी धनगढीबाट हसुलियातर्फ जाँदै गर्दा उनले चलाएको सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लबमा पछाडिबाट ठोक्किएको थियो ।
धनगढी उपमहानगरपालिका–१४ बी गाउँका अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लपमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डल्लबसहित चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौधरी आधारभूत स्वास्थ्य केन्द्र मनाउँमा प्रमुखको रुपमा कार्यरत थिए।
यस्तै, गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गमा भएको दुर्घटनामा हास्य कलाकार ३० वर्षीय हिक्मत महराको ज्यान गएको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ निवासी उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ५४ वर्षका नन्दसिंह बोहराले चलाएको सुपप्र ०१–००१ क २०६० नम्बरको खाली ट्रकको ठक्करबाट घाइते महराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महरा कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उत्कृष्ट चारमा पुगेर बाहिरिएको थिए । ट्रकसहित बोहरलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, टीकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडक खण्डमा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँटा पछाडि सवार टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको ज्यान गएको छ । मोटरसाइकल चालक रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: