धनगढी। कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।
छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा उनीहरुको निधन भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–३ का ४० वर्षीय चौधरी धनगढीबाट हसुलियातर्फ जाँदै गर्दा उनले चलाएको सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लबमा पछाडिबाट ठोक्किएको थियो ।
धनगढी उपमहानगरपालिका–१४ बी गाउँका अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लपमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डल्लबसहित चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौधरी आधारभूत स्वास्थ्य केन्द्र मनाउँमा प्रमुखको रुपमा कार्यरत थिए।
यस्तै, गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गमा भएको दुर्घटनामा हास्य कलाकार ३० वर्षीय हिक्मत महराको ज्यान गएको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ निवासी उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ५४ वर्षका नन्दसिंह बोहराले चलाएको सुपप्र ०१–००१ क २०६० नम्बरको खाली ट्रकको ठक्करबाट घाइते महराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महरा कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उत्कृष्ट चारमा पुगेर बाहिरिएको थिए । ट्रकसहित बोहरलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, टीकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडक खण्डमा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँटा पछाडि सवार टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको ज्यान गएको छ । मोटरसाइकल चालक रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: