काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बसन्त’को निर्माणमा प्रकाश व्यस्त छन् । यसैबीच उनी अरु तीनवटा चलचित्रमा आवद्ध भईसकेका छन् ।
जसमध्य उनको अर्को चलचित्र ‘सोल्टिनी’को निर्माण घोषणा गरिएको छ । चलचित्र बसन्तको छायाँकन सम्पन्न गर्न लागेको प्रकाश अव दुई सातापछिबाट चलचित्र सोल्टिनीको छायांकनमा जोडिने भएका छन् । यो चलचित्र १० पुषबाट छायांकन सुरु गरिने भएको छ ।
चलचित्र रङ्गेली निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र सोल्टिनीको मंगलबार निर्माण घोषणा गरेका छन् । यो चलचित्र शिर्षक भिडियो सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
अभिनेता प्रकाश सपुतले अहिले निर्माण गरेको चलचित्र बसन्त जातीय विभेदको कथामा रहेको छ । यस्तै अब बन्ने चलचित्र सोल्टिनी पनि जातीय विभेदको कथामा रहेको यसका निर्देशकले बताएका छन् । लामो समयदेखि जातीय विभेदका बिरुद्ध आवाज उठाईरहेका कारण पनि सोल्टिनीमा प्रकाश सपुतलाई नै अनुबन्धित गरिएको पनि निर्देशक अर्जुनको भनाई छ ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । भोजपुरबाट यो चलचित्रको छायांकन सुरु गरिने निर्देशक अर्जुनले बताएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रको अहिले अभिनय कार्यशाला चलिरहेको छ । चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको ३ असोज संविधान दिवसको दिनलाई तोकिएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८१ - १०:३४
नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकम...
माघ ५ गते, २०८१ - १०:३४
हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चा...
माघ ५ गते, २०८१ - १०:२८
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा यात्रा गर्ने यात्रु...
माघ ५ गते, २०८१ - ०९:५०
विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् । श...
माघ ५ गते, २०८१ - ०९:३७
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरे...
माघ ५ गते, २०८१ - ०९:३४
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणल...
माघ ५ गते, २०८१ - ०९:३०
काठमाडौं । ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्न...
माघ ५ गते, २०८१ - ०८:३०
काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...
माघ ५ गते, २०८१ - ०८:०५
काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...
माघ ५ गते, २०८१ - ०७:५५
काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्र...
प्रतिकृया लेख्नुहोस्: