Khabar Dabali २८ मंसिर २०८१ शुक्रबार | 13th December, 2024 Fri
Investment bank

पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छः रवि लामिछाने

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा आफ्नो संलग्नता पुष्टि हुने कुनै आधार र प्रमाण नभएको दाबी गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बयान दिने क्रममा रविले समितिको प्रतिवेदनमा आफ्नाविरुद्ध कुनै प्रमाण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘ फिल्मको ‘स्कृप्ट’ भन्छन् नि श्रीमान, जुन पहिल्यै तयार गरिन्छ र त्यसैअनुसार छायांकन गरिन्छ। मेरो हकमा अदालतको प्रकृयाबाहेक पहिल्यै लेखिएको ‘स्कृप्ट’ अहिले छायांकन भइरहेको छ। संसदीय छानिबन विशेष समितिको प्रतिवेदनमा टेकेर मविरुद्ध अनुसन्धान गरिएको हो भनिएको छ। जबकी, समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा सहकारीको बचत अपचलनमा मेरो संलग्नता पुष्टि हुने आधार र प्रमाण पाइएन भनिएको छ।’

साथै उनले समितिका सभापति सुर्य थापाले लेखेको स्कृप्टका आधारमा आफूविरुद्ध षडयन्त्र भइरहेको बताए । रविले थापाले लेखेको स्कृप्टमा छायांकन भइरहेको र अहिले मध्यान्तर हुन लागेको उल्लेख गरेका थिए ।

‘विशेष समितिको सभापतित्व गर्नुहुने माननीयले प्रतिवेदन आएपछि सायद कुनै मिडियालाई अन्तरवार्ता दिन छुटाउनु भएको छैन’ उहाँले हर अन्तरवार्तामा प्रतिवेदनले नभनेका कुरा दावी गर्दै ‘यो गरिन्छ–त्यो गरिन्छ’ भन्नु भयो । रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मात्र होइन अरू कसुरमा पनि अनुसन्धान हुन्छ, मुद्दा चल्छ भन्नुभयो। एउटा जिल्लामा मात्र होइन विभिन्न जिल्लामा लगिन्छ भन्नुभयो। अनुसन्धान गरेर प्रतिवेदन ल्याउने संसदीय विशेष समितिको सभापतिले नै सिर्जना गरिदिएको ‘प्लट’मा नै अहिले छायांकन भइरहेको हो कि श्रीमान ?’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छः रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा आफ्नो संलग्नता प...

दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालनमा आउँदा ३५० जनाले पाए रोजगारी

काठमाडौं ।  सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प...

कार्यकर्तालाई जागिर बाँड्दै बागमतीका मुख्यमन्त्री लामा

बुढाथोकी अस्पतालको अध्यक्ष र गुरुङ खेलकुद समितिको अध्यक्ष

चार महिनामा वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

खड्का ल्यान्डले ५ करोड बढी भाडा तिर्न बाँकी रहेको संसदीय समितिलाई स्काउटको पत्र

काठमाडौं । नेपाल स्काउटले खड्का ल्यान्ड डेभलेपमेन्ट प्रालिसँगको घर तथा जग्गा भाडा सम्बन्धी बाँकी बक्यौता विवरण संसदीय समितिलाई उपलब्ध गराएको छ । यस...

सर्वोच्चको फैसला विरुद्ध सरकार !

खोला किनारसम्बन्धी फैसला कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई पत्राचार गरिने

एक हप्ता नबित्दै पुनः बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको म...

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता

भैरहवा  ।  रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्या...

किन हुन्छ मान्छेलाई रिससँगै डर र तनाव महसुस ?

 काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्...

प्रदीप, आँचल र साम्राज्ञी सहित करिब एक दर्जन सेलिब्रेटी फेसन शोमा देखिने

काठमाडौंँ । आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy