देउखुरी । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् ।
सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् । सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् ।
उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताए । उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।
सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - १२:२०
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'ओखलढुंगा पत्रकार समाज' विधिवत् रूपमा दर्ता भएको छ । संस्था दर्ता भएसँगै ओखलढुंगे पत्रकार सस्थाग...
माघ २ गते, २०८१ - ११:४५
काठमाडौं । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बुधबार विपक्षी दलहरूको बैठक बसेको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल द...
माघ २ गते, २०८१ - ११:१८
झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नग...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ । यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघका अन...
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उ...
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने गरी बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्...
माघ २ गते, २०८१ - १०:५४
विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई ...
माघ २ गते, २०८१ - १०:४८
काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा ...
माघ २ गते, २०८१ - १०:४१
काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी र...
प्रतिकृया लेख्नुहोस्: